सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती १२-१३

गहुँ र सामाको दृष्टान्त

गहुँ र सामाको दृष्टान्त

आफूले मानिसहरूको बीचबाट गहुँ वर्गका सबै अभिषिक्‍त ख्रीष्टियनहरूलाई कसरी र कहिले जम्मा गर्नेछु भनेर बुझाउन येशूले गहुँ र सामाको दृष्टान्त बताउनुभयो। यस दृष्टान्तको पूर्ति इ.सं. ३३ देखि हुन थाल्यो।

१३:२४

एक जना मानिसले “आफ्नो खेतमा असल बीउ छऱ्‍यो”

  • बीउ छर्ने मानिस: येशू ख्रीष्ट

  • असल बीउ छरिन्छ: येशूका चेलाहरूलाई पवित्र शक्‍तिद्वारा अभिषेक गरिन्छ

  • खेत: मानिसजातिको संसार

१३:२५

‘मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीच-बीचमा सामा छऱ्‍यो’

  • शत्रु: दियाबल

  • मानिसहरू सुतिरहेको बेला: प्रेषितहरूको मृत्यु

१३:३०

“बाली काट्‌ने बेलासम्म दुवैलाई सँगै बढ्‌न देओ”

  • गहुँ: अभिषिक्‍त ख्रीष्टियनहरू

  • सामा: नक्कली ख्रीष्टियनहरू

‘पहिला सामा बटुल र त्यसपछि गहुँ जम्मा गर’

  • दासहरू/खेतालाहरू: स्वर्गदूतहरू

  • सामा बटुलिन्छ: नक्कली ख्रीष्टियनहरूलाई अभिषिक्‍त ख्रीष्टियनहरूबाट अलग्याइन्छ

  • जम्मा गरेर धनसारमा राखिन्छ: अभिषिक्‍त ख्रीष्टियनहरूलाई पुनर्स्थापित मण्डलीमा जम्मा गरिन्छ

बाली काट्‌ने बेला सुरु भएपछि केले गर्दा साँचो ख्रीष्टियनहरू नक्कली ख्रीष्टियनहरूभन्दा भिन्‍नै देखिन थाले?

यो दृष्टान्तको अर्थ बुझ्दा मैले व्यक्‍तिगत रूपमा कस्तो लाभ उठाउन सक्छु?