सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: “अर्काको मनको विचार गहिरो पानीझैं हो” अनि प्रश्‍नहरू चाहिं त्यसलाई तानेर निकाल्ने बाल्टिनजस्तै हो। (हितो. २०:५) प्रश्‍नहरूले श्रोताहरूलाई कुराकानीमा सहभागी गराउँछ। राम्ररी सोचविचार गरेर सोधिएको प्रश्‍नको जवाफले श्रोताहरूले कत्तिको राम्ररी बुझेका छन्‌ भन्‍ने कुरा बुझ्न मदत गर्छ। येशूले प्रभावकारी तरिकामा प्रश्‍नहरू चलाउनुभयो। हामी कसरी उहाँको अनुकरण गर्न सक्छौं?

हामी कसरी यसो गर्न सक्छौं:

  • विचार बुझ्ने प्रश्‍नहरू सोध्नुहोस्‌। येशूले आफ्ना चेलाहरूको विचार बुझ्न एकपछि अर्को प्रश्‍नहरू सोध्नुभयो। (मत्ती १६:१३-१६; be पृ. २३८ अनु. ३-५) तपाईंले आफ्नो श्रोताको विचार बुझ्न कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

  • सही निष्कर्षमा डोऱ्‍याउने प्रश्‍नहरू सोध्नुहोस्‌। येशूले पत्रुसको सोचाइ सच्याउन प्रश्‍नहरू सोध्नुभयो र त्यसको सम्भाव्य जवाफहरू बताउनुभयो। यसले पत्रुसलाई सही निष्कर्षमा पुग्न मदत गऱ्‍यो। (मत्ती १७:२४-२६) अरूलाई सही निष्कर्षमा पुग्न मदत गर्न तपाईं कस्ता प्रश्‍नहरू सोध्न सक्नुहुन्छ?

  • श्रोताको प्रशंसा गर्नुहोस्‌। एक जना शास्त्रीले “बुद्धिमानीसाथ जवाफ दिएको” सुनेर येशूले तिनको प्रशंसा गर्नुभयो। (मर्कू. १२:३४) कसैले प्रश्‍नको सही जवाफ दिंदा तपाईं कसरी तिनको प्रशंसा गर्न सक्नुहुन्छ?

येशूले गर्नुभएको काम गर्नुहोस्‌—सिकाउनुहोस्‌ भिडियोको पहिलो भाग हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्रकाशकले सही जानकारी दिएको भए तापनि तिनको सिकाउने तरिका किन राम्रो छैन?

  • सिकाउँदाखेरि जानकारी दिएर मात्र पुग्दैन, किन?

भिडियोको दोस्रो भाग हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्रकाशकले कसरी प्रभावकारी प्रश्‍नहरू चलाए?

  • तिनको शिक्षणकलाको अरू कुन-कुन पक्ष हामी अनुकरण गर्न सक्छौं?

हाम्रो सिकाउने तरिकाले अरूमा कस्तो प्रभाव पार्छ? (लूका २४:३२)