सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌

सहनशील भएर उत्सुकतासाथ प्रतीक्षा गरिरहनुहोस्‌

तपाईँले परमेश्‍वरको राज्यको प्रतीक्षा गर्न थाल्नुभएको कति भयो? के तपाईँ गाह्रो अवस्थाको बाबजुद धीरजी भएर सहँदै हुनुहुन्छ? (रोमी ८:२५) केही ख्रिष्टियनहरू घृणा र दुर्व्यवहारको सिकार भएका छन्‌। अरू कोही भने झ्यालखानामा परेका छन्‌ अनि कसै-कसैलाई भने ज्यान मार्ने धम्कीसमेत आएको छ। अरू धेरैले दीर्घकालीन स्वास्थ्य समस्या वा वृद्धावस्थाको सामना गरिरहेका छन्‌।

चुनौतीको सामना गर्नुपर्दा हामीले उत्सुकतासाथ प्रतीक्षा गर्ने बल कहाँबाट पाउँछौँ? हामीले हरेक दिन बाइबल पढेर र मनन गरेर आफ्नो विश्‍वास बलियो बनाउनुपर्छ। हामीले आफ्नो ध्यान आशामा केन्द्रित गर्नुपर्छ। (२को ४:१६-१८; हिब्रू १२:२) यहोवालाई उत्कट बिन्ती चढाउनुपर्छ र प्रार्थना गरेर उहाँको पवित्र शक्‍तिको मदत माग्नुपर्छ। (लुका ११:१०, १३; हिब्रू ५:७) हाम्रा मायालु बुबाले हामीलाई “धीरजी र आनन्दित हुँदै सहन” मदत दिन सक्नुहुन्छ।—कल १:११.

“धैर्य गरेर दौडौं”—इनाममा विश्‍वस्त हुनुहोस्‌ भन्‍ने भिडियो हेर्नुहोस्‌, त्यसपछि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • जीवनमा “चिताउँदै नचिताएको” कस्ता घटना घट्‌न सक्छन्‌? (उप ९:११)

  • चुनौतीको सामना गर्न प्रार्थनाले हामीलाई कसरी मदत गर्छ?

  • यहोवाको सेवामा पहिलाजति गर्न नसके पनि किन अहिले आफूले गर्न सक्ने कुरामा ध्यान दिनुपर्छ?

  • इनाममा ध्यान दिनुहोस्‌

    इनाम पाउने कुरामा विश्‍वस्त हुन तपाईँलाई केले मदत गर्छ?