सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | रोमी ९-११

जैतुनको रूखको उदाहरण

जैतुनको रूखको उदाहरण

११:१६-२६

प्रतीकात्मक जैतुनको रूखका विभिन्‍न भागले केलाई सङ्‌केत गर्छ?

  • सिङ्‌गो रूख: अब्राहामसित बाँधिएको करारसम्बन्धी परमेश्‍वरको उद्देश्‍यको पूर्ति

  • मूल काण्ड: येसु, जो अब्राहामको सन्तानको मुख्य भाग हुनुहुन्छ

  • हाँगाहरू: अब्राहामको सन्तानको दोस्रो भागको कुल सङ्‌ख्या

  • ‘भाँचिएका’ हाँगाहरू: येसुलाई इन्कार गर्ने जन्मजात यहुदीहरू

  • ‘कलमी गरेर गाभिएका’ हाँगाहरू: पवित्र शक्‍तिद्वारा अभिषेक गरिएका अन्यजातिका ख्रिष्टियनहरू

भविष्यवाणी गरिएझैँ अब्राहामको सन्तान अर्थात्‌ येसु र १ लाख ४४ हजार अभिषिक्‍त ख्रिष्टियनहरूमार्फत “अन्यजातिका मानिसहरूले” आशिष्‌ पाउनेछन्‌।—रोमी ११:१२; उत्प २२:१८

यहोवाले अब्राहामको सन्तानसम्बन्धी आफ्नो उद्देश्‍य पूरा गर्नुभएको तरिकाबाट म उहाँबारे के सिक्न सक्छु?