सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने​—⁠प्रगति नगर्ने बाइबल विद्यार्थीहरूसित अध्ययन गर्न छोड्‌नुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने​—⁠प्रगति नगर्ने बाइबल विद्यार्थीहरूसित अध्ययन गर्न छोड्‌नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: उद्धार पाउन मानिसहरूले यहोवाको नाम पुकार्नै पर्छ। (रोमी १०:१३, १४) तर बाइबल अध्ययन गर्न राजी हुने सबै उहाँको स्तरअनुसार चल्छन्‌ भन्‍ने छैन। हामीले प्रचारमा बिताउने समय बहुमूल्य भएकोले यहोवालाई खुसी बनाउन आवश्‍यक परिवर्तनहरू गर्न चाहने व्यक्‍तिहरूलाई मदत गरेर हामी समयको पूर्ण सदुपयोग गर्न चाहन्छौँ। यदि कसैले बाइबल अध्ययन गर्न थालेको केही समय बितिसक्दा पनि प्रगति गर्दैनन्‌ भने तिनीसित अध्ययन गर्न छोड्‌नु र आफ्नो समय यहोवाले आफू अनि आफ्नो सङ्‌गठनतर्फ खिच्नुहुने व्यक्‍तिहरूलाई मदत गर्न प्रयोग गर्नु बुद्धिमानी हुन्छ। (युह ६:४४) तर यदि तिनले भविष्यमा आवश्‍यक परिवर्तनहरू गरेर आफूसित “अनन्त जीवन पाउन लायकको उचित मनसाय” भएको देखाए भने हामी खुसी भई तिनीसित फेरि बाइबल अध्ययन गर्छौँ।—प्रे १३:४८.

हामी कसरी यसो गर्न सक्छौँ:

  • सही ज्ञान लिने इच्छा देखाएकोमा विद्यार्थीको प्रशंसा गर्नुहोस्‌।—१ति २:४

  • सिकेको कुरा लागू गर्नु कति महत्त्वपूर्ण छ भनेर जोड दिनुहोस्‌।—लुका ६:४६-४९

  • बिउ छर्ने मानिसको उदाहरणबारे दयालु तरिकामा छलफल गर्नुहोस्‌ र सिकेको कुरा लागू गर्न तिनलाई केले रोकिरहेको छ भनेर विचार गर्न लगाउनुहोस्‌।—मत्ति १३:१८-२३

  • अध्ययन गर्न किन छोड्‌दै हुनुहुन्छ, कौशलतापूर्वक बताउनुहोस्‌

  • तपाईँ बेलाबेलामा तिनलाई प्रोत्साहन दिन आइरहनुहुनेछ र भविष्यमा तिनले प्रगति गरे भने अध्ययनलाई फेरि निरन्तरता दिन सकिनेछ भनेर आश्‍वस्त पार्नुहोस्‌

भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • विद्यार्थीले आध्यात्मिक प्रगति गरिरहेका छैनन्‌ भन्‍ने कुराको कस्ता सङ्‌केतहरू भिडियोमा देखाइएको कुराकानीमा भेट्टाउनुभयो?

  • प्रकाशकले विद्यार्थीलाई जीवनमा परिवर्तन गर्नु आवश्‍यक छ भन्‍ने कुरा बुझ्न कसरी मदत गरे?

  • भविष्यमा फेरि अध्ययनलाई निरन्तरता दिन सकिन्छ भन्‍ने कुराको सङ्‌केत प्रकाशकले कसरी दिए?