सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌

परमेश्‍वरको वचन प्रयोग गर्नुहोस्‌

परमेश्‍वरको वचन प्रबल छ! (हिब्रू ४:१२) यसले परमेश्‍वरलाई नचिन्‍ने मानिसहरूको मनसमेत छुन सक्छ। (१थि १:९; २:१३) आफूले भर्खरै सुनेको बाइबल सत्यको कसैले कदर गर्दा हामी निकै आनन्दित हुन्छौँ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌—आफ्नो सीप तिखार्नुहोस्‌—परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरेर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • पढ्‌न लागेको शास्त्रपदको परिचय दिएर निताले कसरी ग्रेसलाई परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरिन्‌?

  • शास्त्रपद ठूलो स्वरमा पढ्‌न लगाएर र त्यसको मुख्य बुँदा छलफल गरेर निताले कसरी ग्रेसलाई परमेश्‍वरको वचनको शक्‍ति महसुस गर्न मदत गरिन्‌?

  • शास्त्रपदले ग्रेसको मन छोएको कुरा कसरी देखियो र तपाईँको विचारमा यसले नितामा कस्तो प्रभाव पाऱ्‍यो?