सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पत्रुस र युहन्‍ना इस्वी संवत्‌ ३३ को निस्तार चाड मनाउनको लागि माथिल्लो कोठा तयार पार्दै छन्‌

ख्रिष्टियन जीवन

के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?

के तपाईँ स्मरणार्थको लागि तयारी गर्दै हुनुहुन्छ?

येसुले मनाउनुहुने अन्तिम निस्तार चाड उल्लेखनीय हुने थियो। आफ्नो मृत्यु नजिकै भएकोले उहाँले प्रेषितहरूसँगै निस्तार चाडको भोज खाने र वर्षेनी मनाउनुपर्ने एउटा नयाँ उत्सव, प्रभुको साँझको भोज सुरु गर्ने योजना बनाउनुभयो। त्यसैले उहाँले पत्रुस र युहन्‍नालाई कोठा तयार पार्न पठाउनुभयो। (लुका २२:७-१३; आवरण चित्र हेर्नुहोस्‌।) यसले हामीलाई मार्च २७ मा मनाइने स्मरणार्थको लागि तयारी गर्नुपर्ने कुरा सम्झाउँछ। मण्डलीहरूले पक्कै पनि वक्‍ता, प्रतीकहरू र अन्य प्रबन्धहरू मिलाइसकेको हुनुपर्छ। तर स्मरणार्थको लागि हामी प्रत्येकले कस्तो तयारी गर्न सक्छौँ?

आफ्नो हृदय तयार पार्नुहोस्‌। स्मरणार्थ बाइबल पढाइको भाग पढ्‌नुहोस्‌ र मनन गर्नुहोस्‌। यसको तालिका दिनहुँ धर्मशास्त्र जाँच्ने पुस्तिकामा पाउन सक्नुहुन्छ। पवित्र बाइबल—नयाँ संसार अनुवाद-को अतिरिक्‍त लेख ख१२ मा अझ विस्तृत तालिका दिइएको छ। (अप्रिल २०२० को जीवन र सेवा अभ्यास पुस्तिका पनि हेर्नुहोस्‌।) परिवारहरूले फिरौतीको बलिदानको महत्त्वबारे आफ्नो पारिवारिक उपासनामा छलफल गर्नको लागि आवश्‍यक जानकारीहरू यहोवाका साक्षीहरूको लागि अनुसन्धान सहयोगी-मा पाउन सक्छन्‌।

अरूलाई निम्तो दिनुहोस्‌। निम्तो बाँड्‌ने अभियानमा पूरापूर भाग लिनुहोस्‌। तपाईँ क-कसलाई निम्तो दिन सक्नुहुन्छ, सोच्नुहोस्‌। जस्तै: पुनःभेटहरू, पहिलेको बाइबल विद्यार्थीहरू, इष्टमित्रहरू र आफन्तहरू। एल्डरहरूले निष्क्रिय भएकाहरूलाई निम्तो दिनुपर्छ। नबिर्सनुहोस्‌, तपाईँले निम्तो दिएको व्यक्‍ति तपाईँको इलाकामा बस्दैनन्‌ भने jw.org/ne वेबसाइटको “हाम्रो बारेमा”-अन्तर्गत “स्मरणार्थ”-मा गएर तिनी बस्ने इलाकामा हुने स्मरणार्थ उत्सवको समय र ठेगाना थाह पाउन सक्नुहुन्छ।

हामी अरू के-कस्ता तयारी गर्न सक्छौँ?