सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन

घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌

घमन्डी र अतिविश्‍वस्त हुनदेखि जोगिनुहोस्‌

कोरह घमन्डी र अतिविश्‍वस्त भएकोले तिनले यहोवाले गर्नुभएको प्रबन्धको विरोध गरे (गन १६:१-३; w११ ९/१५ पृ. २७ अनु. १२)

कोरह एक लेवी थिए अनि तिनलाई सबैले आदर गर्थे र तिनले थुप्रै सुअवसर पाएका थिए (गन १६:८-१०; w११ ९/१५ पृ. २७ अनु. ११)

आफ्नो गलत सोचाइले गर्दा कोरहले एकदमै नराम्रो नतिजा भोग्नुपऱ्‍यो (गन १६:३२, ३५)

हामीले यहोवाको सेवामा गरेका कामहरूको कारण आफूमा घमन्ड र अतिविश्‍वस्तता पलाउन दिनु हुँदैन। सत्य स्विकारेको धेरै वर्ष भइसकेको छ वा सङ्‌गठनमा हामीले गहन जिम्मेवारीहरू सम्हालिरहेका छौँ भने हामी झन्‌ धेरै नम्र हुनुपर्छ।