सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

सबै परीक्षाको एकदिन अन्त हुनेछ

सबै परीक्षाको एकदिन अन्त हुनेछ

हामी लामो समयसम्म परीक्षाहरूको सामना गर्नुपर्दा निराश हुन सक्छौँ। साउलले गर्दा आइपरेका परीक्षाहरू कुनै दिन अन्त हुनेछ र यहोवाले प्रतिज्ञा गर्नुभएजस्तै आफू राजा हुनेछु भनेर दाउदलाई थाह थियो। (१स १६:१३) यहोवामाथिको भरोसाले गर्दा दाउदले धैर्य गर्दै उहाँलाई पर्खन सके।

परीक्षाहरूको सामना गर्नुपर्दा हामी चतुर भएर अनि ज्ञान र सोच्ने क्षमता प्रयोग गरेर आफ्नो परिस्थिति परिवर्तन गर्न कोसिस गर्छौँ। (१स २१:१२-१४; हित १:४) तर बाइबलका सिद्धान्तहरू लागू गरेर परिस्थिति परिवर्तन गर्न सक्दो गरे तापनि कहिलेकाहीँ समस्या जस्ताको तस्तै रहिरहन सक्छ। त्यस्तो अवस्थामा हामीले धैर्य गर्दै यहोवाको बाटो हेरिरहनुपर्छ। उहाँले चाँडै नै सबै दुःखकष्ट हटाउनुहुनेछ र हाम्रो “आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ।” (प्रका २१:४) त्यसैले चाहे हाम्रो समस्या यहोवाको मदतले हटोस्‌ वा अरू कुनै कारणले, एउटा कुरा भने पक्का छ: सबै परीक्षाको एकदिन अन्त हुनेछ। यो कुरा थाह पाउँदा हामी निकै सान्त्वना पाउँछौँ।

विभाजित संसारमा एकताबद्ध मानिसहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अमेरिकाको दक्षिणी भागमा बस्नुहुने केही भाइबहिनीले कस्ता चुनौतीहरूको सामना गर्नुपऱ्‍यो?

  • उहाँहरूले कसरी धैर्य र प्रेम देखाउनुभयो?

  • उहाँहरूले कसरी “अझ महत्त्वपूर्ण कुराहरू”-मा ध्यान दिइरहन सक्नुभयो?—फिलि १:१०