बाइबलमा पाइने अनमोल धन
उनले बुद्धिको अत्यन्तै मोल गरिन्
सेबाकी महारानीले सुलेमानलाई भेट्न निकै लामो र कठिन यात्रा गरिन् (२इ ९:१, २; w९९ ११/१ पृ. २० अनु. ४; w९९ ७/१ पृ. ३० अनु. ४-५)
सुलेमानको बुद्धि र धनसम्पत्ति देखेर उनी चकित भइन्, केही बोल्नै सकिनन् (२इ ९:३, ४; w९९ ७/१ पृ. ३०-३१; आवरण चित्र हेर्नुहोस्।)
आफूले देखेको कुराले गर्दा उनी यहोवाको प्रशंसा गर्न उत्प्रेरित भइन् (२इ ९:७, ८; w९९ ७/१ पृ. ३० अनु. ७)
सेबाकी महारानीले सुलेमानको बुद्धिको अत्यन्तै मोल गरेकीले त्यो हासिल गर्न उनी ठूलठूला त्यागहरू गर्न इच्छुक भइन्।
आफैलाई सोध्नुहोस्: ‘के म गाडेको धन खोज्न इच्छुक भएजस्तै बुद्धि खोज्न पनि इच्छुक छु?’—हित २:१-६.