सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध

दिनहुँ बाइबल पढ्‌नु र बुद्धि हासिल गर्नुबीचको सम्बन्ध

परमेश्‍वरले दिनुहुने बुद्धि गाडेको धनजस्तै बहुमूल्य हुन्छ। (हित २:१-६) त्यस्तो बुद्धि हासिल गऱ्‍यौँ भने हामी चतुर हुनेछौँ र सही निर्णय गर्न सक्नेछौँ। त्यसले हाम्रो रक्षा गर्छ र हामीलाई जोगाउँछ। त्यसैले “बुद्धि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।” (हित ४:५-७) गाडेको धन खन्‍न मेहनत गर्नुपरेझैँ परमेश्‍वरको वचनमा पाइने बहुमूल्य धनसम्पत्ति हासिल गर्न पनि मेहनत गर्नुपर्छ। बुद्धि हासिल गर्न सुरुमा त हामीले परमेश्‍वरको वचन “दिनरात” अर्थात्‌ हरेक दिन पढ्‌नुपर्छ। (यहो १:८) परमेश्‍वरको वचन नियमित रूपमा र रमाइलो मान्दै पढ्‌न हामीले लागू गर्न सक्ने केही सुझाव याद गर्नुहोस्‌।

परमेश्‍वरको वचनलाई प्रेम गर्ने युवाहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

यी युवायुवतीलाई दिनदिनै बाइबल पढ्‌न किन गाह्रो भइरहेको थियो? तिनीहरूलाई केले मदत गऱ्‍यो?

  • मेलानी

  • स्यामुएल

  • सेलाइन

  • राफेल्लो

मेरो दैनिक बाइबल पढाइको तालिका: