सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

‘आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌’

‘आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌’

परमेश्‍वरको प्रेरणा पाएर सुलेमानले लेखे: “अरू सबै कुराभन्दा आफ्नो हृदयलाई सुरक्षित राख।” (हित ४:२३) तर दुःखको कुरा, परमेश्‍वरका जन अर्थात्‌ इस्राएलीहरू “सारा हृदयले” उहाँको बाटोमा हिँड्‌न छोडे। (२इ ६:१४) राजा सुलेमानले समेत आफ्ना पत्नीहरूको बहकाउमा परेर आफ्नो हृदय अरू देवीदेवतातर्फ लगाए। (१रा ११:४) त्यसोभए तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ? जनवरी २०१९ अङ्‌कको प्रहरीधरहरा-को पृष्ठ १४-१९ मा प्रकाशित अध्ययन लेखमा पनि यही विषयमा छलफल गरिएको थियो।

प्रहरीधरहरा—यसबाट सिक्न सकिने पाठहरू: आफ्नो हृदयलाई सुरक्षित राख्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

यी भाइबहिनीले आफ्नो विश्‍वास कमजोर बनाउन सक्ने कस्ता कुराहरूको सामना गर्नुपऱ्‍यो? आफ्नो हृदयलाई सुरक्षित राख्न त्यस अध्ययन लेखले उहाँहरूलाई कसरी मदत गऱ्‍यो?

  • ब्रेन्ट र लरेन

  • उम्जे

  • ह्‍याप्पी लायौ

तपाईँले त्यस अध्ययन लेखबाट कस्तो मदत पाउनुभयो?