सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब १–५

अय्यूब सत्यनिष्ठ रहे

अय्यूब सत्यनिष्ठ रहे

अय्यूब ऊज देशमा बस्थे। त्यतिबेला इस्राएलीहरू मिश्रको दासत्वमा परेका थिए। अय्यूब इस्राएली नभए तापनि यहोवाका वफादार उपासक थिए। तिनको परिवार ठूलो थियो। तिनी धनाढ्‌य अनि प्रतिष्ठित थिए। राम्रो सल्लाहकार र असल न्यायाधीश पनि थिए। खाँचोमा परेका अनि गरिबहरूलाई मदत गर्थे। अय्यूब निष्ठावान्‌ व्यक्ति थिए।

अय्यूबले आफ्नो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति यहोवा हुनुहुन्छ भनेर देखाए

१:८-११, २२; २:२-५

  • अय्यूब सत्यनिष्ठ भएको कुरा सैतानले याद गऱ्यो। त्यसले अय्यूब यहोवाप्रति आज्ञाकारी भएको कुरामा शङ्‌का गरेन तर तिनको मनसायमाथि प्रश्न उठायो

  • अय्यूबले आफ्नो स्वार्थ पूरा गर्न मात्र यहोवाको सेवा गरेको हो भनेर सैतानले आरोप लगायो

  • त्यस आरोपको जवाफ दिन यहोवाले सैतानलाई अय्यूबको परीक्षा लिन दिनुभयो। सैतानले अय्यूबको जीवनमा ठूलो सङ्‌कष्ट ल्यायो

  • सैतानले सम्पूर्ण मानिसको सत्यनिष्ठामाथि प्रश्न खडा गरेको थियो। अय्यूब सत्यनिष्ठ रहन सफल भए

  • अय्यूबले कुनै पाप गरेनन्‌ न त परमेश्वरलाई दोष नै लगाए