सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | अय्यूब ६–१०

अय्यूब आफ्नो दुःख पोखाउँछन्‌

अय्यूब आफ्नो दुःख पोखाउँछन्‌

अय्यूबले सर्वस्व गुमाए, छोराछोरी गुमाए र तिनलाई गम्भीर रोग लाग्यो। तैपनि तिनले यहोवालाई त्यागेनन्‌। त्यसैले सैतानले तिनलाई अझै निराश बनाएर तिनको सत्यनिष्ठा तोड्‌न खोज्यो। तिनलाई सान्त्वना दिन तीन जना साथी आए। उनीहरू अय्यूबसँग सात दिनसम्म बसे। तर एक शब्द पनि बोलेनन्‌ न त सान्त्वना नै दिए। पछि उनीहरूले अय्यूबमाथि भए नभएको आरोप लगाए।

अय्यूब असाध्यै कठिन अवस्थामा पनि यहोवाप्रति वफादार रहे

६:३; ७:१६; ९:२०-२२; १०:१, १२

  • दुःखमाथि दुःख आइपरेकोले अय्यूब गलत सोचाइ राख्न पुगे। परमेश्वरप्रति जति नै वफादार रहे पनि उहाँले वास्ता गर्नुहुन्न भन्ने निष्कर्षमा तिनी पुगे

  • अय्यूब यत्ति निराश भएका थिए कि आफूमाथि परीक्षा आइपर्नुको अरू कारण पनि हुन सक्छ भनेर तिनले सोच्नै सकेनन्‌

  • शोकमा डुबे पनि आफूले यहोवालाई धेरै माया गरेको कुरा अय्यूबले बताउन छोडेनन्‌