ख्रीष्टियन जीवन
फिरौतीको बलिदानले पुनर्जीवन सम्भव तुल्यायो
स्मरणार्थ उत्सवमा फिरौतीको बलिदानले सम्भव तुल्याएका आशिष्हरूमा मनन गर्ने मौका पाउँछौं। जस्तै: पुनर्जीवनको आशा। यहोवाले मानिसलाई मर्नको लागि बनाउनुभएको थिएन। त्यसैले आफ्नो साथीभाइ र आफन्त गुमाउनुपर्दा असह्य पीडा हुन्छ। (१को १५:२६) लाजरसको मृत्युले गर्दा शोकाकुल भएका चेलाहरूलाई देखेर येशू दुःखी हुनुभयो। (यूह ११:३३-३५) येशू दुरुस्त आफ्नो बुबाजस्तै हुनुहुन्छ। त्यसैले येशूलाई हेरेर हामी यो कुरामा ढुक्क हुन सक्छौं: मृत्युको कारण हामी दुःखी भएको देख्दा यहोवालाई पनि दुःख लाग्छ। (यूह १४:७) यहोवा आफ्ना सेवकहरूलाई पुनर्जीवित गर्न उत्सुक हुनुहुन्छ र हामी पनि त्यो हेर्न उत्सुक छौं।—अय्यू १४:१४, १५.
यहोवा व्यवस्थित परमेश्वर हुनुहुन्छ। त्यसैले पुनर्जीवित पार्ने काम पनि व्यवस्थित ढङ्गमा हुनेछ भन्ने कुरामा हामी ढुक्क हुन सक्छौं। (१को १४:३३, ४०) त्यो खुसीको क्षण हुनेछ। त्यतिबेला अन्त्येष्टि कार्यक्रम होइन, पुनर्जीवित भएका मानिसहरूलाई स्वागत गर्ने कार्यक्रम हुनेछ। के तपाईं पुनर्जीवनबारे मनन गर्नुहुन्छ, विशेषगरि शोकको समयमा? (२को ४:१७, १८) यहोवाले फिरौतीको बलिदानको प्रबन्ध गर्नुभएकोमा र बाइबलमार्फत पुनर्जीवनको आशाबारे बताउनुभएकोमा के हामी उहाँलाई धन्यवाद दिन्छौं?—कल ३:१५.
-
तपाईं आफ्नो साथीभाइ र आफन्तहरूमध्ये क-कसलाई भेट्न चाहनुहुन्छ?
-
तपाईं बाइबलको कुनचाहिं पात्रलाई भेट्न र कुराकानी गर्न चाहनुहुन्छ?