सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | एस्तर ६–१०

एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌

एस्तरले निस्स्वार्थ भएर यहोवा र उहाँका मानिसहरूको लागि कदम चालिन्‌

यहोवाको पक्षमा खडा हुन र उहाँका मानिसहरूको रक्षा गर्न एस्तरले साहस र निस्स्वार्थ भाव देखाइन्‌

८:३-५, 

  • हामानले सबै यहूदीलाई सखाप पार्न जारी गरेको उर्दी फारस साम्राज्यको कुना-कुनासम्म पुगिसकेको थियो। तर एस्तर र मोर्दकैलाई भने कुनै खतरा थिएन

  • एस्तरले फेरि आफ्नो ज्यान खतरामा पारिन्‌। तिनी अनुमतिविना राजाकहाँ देखा परिन्‌। तिनले त्यो विनाशकारी उर्दी रद्द गर्न राजालाई रूँदै बिन्ती गरिन्‌

  • फारसी कानुनअनुसार राजाको नाममा जारी गरिएको उर्दी रद्द गर्न मिल्दैनक्थ्यो। त्यसकारण राजाले एस्तर र मोर्दकैलाई अर्को एउटा उर्दी जारी गर्ने अधिकार दिए

यहोवाले आफ्ना मानिसहरूलाई विजय गराउनुभयो

८:१०-१४, १७

  • उक्त उर्दीअनुसार यहूदीहरूले आफ्नो सुरक्षाको लागि लड्‌ने अधिकार पाए

  • यो उर्दी सुनाउन सन्देशवाहकहरूलाई साम्राज्यको कुना-कुनासम्म पठाइयो र यहूदीहरूले युद्धको लागि तयारी गरे

  • परमेश्वर यहूदीहरूसित हुनुहुन्छ भन्ने प्रमाण देखेपछि थुप्रै मानिसले आफ्नो धर्म परिवर्तन गरे अनि यहूदी बने