सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

प्रचार गर्ने सीप तिखारौं

प्रचारकार्यमा अझै उन्नति गर्ने—आफ्नो प्रस्तुति बनाउनुहोस्

प्रचारकार्यमा अझै उन्नति गर्ने—आफ्नो प्रस्तुति बनाउनुहोस्

यसो गर्नु किन महत्त्वपूर्ण छ? नमुना प्रस्तुतिहरू हेरेर प्रचार गर्ने तरिका सिक्न सक्छौं। तर यी प्रस्तुतिहरू रूपरेखा मात्र हुन्‌। त्यसैले तपाईंले आफ्नै शब्दमा प्रस्तुति बनाउनुपर्छ। सायद तपाईं अर्कै किसिमले पत्रिका प्रस्तुत गर्न चाहनुहुन्छ अथवा इलाका सुहाउँदो विषयमा प्रस्तुति बनाउन चाहनुहुन्छ होला। त्यसो हो भने सुरुमा पत्रिका पढ्‌नुहोस्, नमुना प्रस्तुति केलाउनुहोस् र नमुना प्रस्तुति भिडियो हेर्नुहोस्। त्यसपछि तल दिइएको सल्लाह लागू गर्दै प्रस्तुति बनाउनुहोस्।

हामी कसरी यसो गर्न सक्छौं?

आफैलाई सोध्नुहोस्, ‘के म नमुना प्रस्तुति प्रयोग गर्न चाहन्छु?’

चाहन्छु

  • सुरुमा के भन्ने, तयारी गर्नुहोस्। अभिवादन गरेपछि आफू आउनुको कारण बताउनुहोस्। (उदाहरण: “म आउनुको कारण . . . “)

  • प्रश्न सोधेपछि बाइबल पद देखाउन अनि कुराकानी टुङ्‌ग्याउन के भन्ने, सोच्नुहोस्। (बाइबल पद देखाउन: “यो प्रश्नको चित्तबुझ्दो जवाफ यहाँ पाइन्छ।”)

चाहन्नँ

  • आफूलाई चासो लागेको वा इलाका सुहाउँदो विषय पत्रिकाबाट छान्नुहोस्

  • मानिसहरूको विचार बुझ्न र कुराकानी अघि बढाउन कुन प्रश्न सोध्ने, विचार गर्नुहोस्। प्रश्न सोच्न लगाउने खालको हुनुपर्छ तर अप्ठ्‌यारोमा पार्ने खालको हुनु हुँदैन। (पत्रिकामा छापिएका प्रश्नहरू प्रयोग गर्न सक्नुहुन्छ।)

  • कुन बाइबल पद पढ्‌ने, छान्नुहोस्। (ब्यूँझनुहोस्! पत्रिका बाइबलको त्यत्ति ज्ञान नभएका र धर्ममा चासो नभएका व्यक्तिहरूको लागि तयार पारिएको हो। त्यसैले बाइबल पद देखाउने कि नदेखाउने, आफै निर्णय गर्न सक्नुहुन्छ।)

  • उक्त लेख पढेर घरधनीले कस्तो लाभ उठाउन सक्छन्‌ भनेर अन्तमा बताउनुहोस्। त्यसको लागि एक-दुई वाक्य तयार पार्नुहोस्

अन्तमा

  • पुनःभेटको लागि बाटो तयार पार्न कुन प्रश्न सोध्ने, विचार गर्नुहोस्

  • पुनःभेटमा आफूले भन्ने कुरा सम्झन नोट लेख्नुहोस्