सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

सृष्टिकर्ताको कुरा सुन्नुहोस्—पुस्तिका कसरी प्रयोग गर्ने

सृष्टिकर्ताको कुरा सुन्नुहोस्—पुस्तिका कसरी प्रयोग गर्ने

सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिका पढ्‌न नजान्नेहरूका लागि चित्र देखाएर बाइबलको आधारभूत सत्य कुरा सिकाउन तयार पारिएको हो। हरेक पाठलाई दुई पृष्ठमा समावेश गरिएको छ। पाठमा उपयुक्त चित्र राखिएको छ। एकपछि अर्को चित्र क्रमअनुसार छलफल गर्न सकियोस् भनेर बाण चिन्ह पनि दिइएको छ।

सृष्टिकर्ताको कुरा सुन्नुहोस्सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिकामा चलाइएका चित्रहरू एउटै हुन्‌। तर यसमा अलिअलि पढ्‌न सक्नेहरूका लागि भनेर थप वाक्यहरू छन्‌। विद्यार्थीसित सृष्टिकर्ताको कुरा सुन्नुहोस् पुस्तिकाबाट अध्ययन गर्दा सञ्चालकले चाहिं सृष्टिकर्ताको कुरा सुन्नुहोस् र सधैंभरि बाँच्नुहोस् पुस्तिका प्रयोग गर्न सक्छन्‌। त्यहाँ दिइएका धेरैजसो पेटीमा थप जानकारीहरू छन्‌। ती जानकारीहरू छलफल गर्ने कि नगर्ने भन्ने कुराको निर्णय विद्यार्थीको क्षमतालाई विचार गरेर गर्नुपर्छ।

यी दुवै पुस्तिका जहिले पनि प्रस्तुत गर्न सकिन्छ। कुनै महिनामा प्रस्तुत गर्नुपर्ने साहित्यमा पर्दैन भने पनि प्रस्तुत गर्न सकिन्छ। अध्ययन सञ्चालन गर्दा चित्रको प्रयोग गरेर बाइबल विवरणको व्याख्या गर्न यसको प्रयोग गर्नुहोस्। विद्यार्थीलाई छलफलमा समावेश गर्न र बुझेको छ कि छैन भनेर पक्का गर्न प्रश्न सोध्नुहोस्। हरेक पृष्ठको तल दिइएको मुख्य शास्त्रपद पढ्‌नुहोस् अनि छलफल गर्नुहोस्। यस पुस्तिकाबाट अध्ययन सकिएपछि विद्यार्थीलाई बप्तिस्मातर्फ डोऱ्याउन बाइबलले वास्तवमा के सिकाउँछ? किताबबाट अध्ययन गराउनुहोस्।