सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | यर्मिया १२-१६

इस्राएलीहरूले यहोवालाई बिर्से

इस्राएलीहरूले यहोवालाई बिर्से

अटेरी अनि घमन्डी मनोभाव देखाएका यहूदा र यरूशलेमलाई विनाश गर्ने यहोवाको सङ्‌कल्पबारे तिनीहरूलाई दृष्टान्तद्वारा बुझाउने चुनौतीपूर्ण जिम्मेवारी यर्मियाले पाएका थिए।

यर्मियाले सुतीको पटुका किन्छन्‌

१३:१, २

  • पटुका कम्मरमा बाँध्नुले इस्राएल राष्ट्र र यहोवाबीचको घनिष्ठ सम्बन्धलाई बुझाउँछ

पटुका लिएर यर्मिया यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्‌

१३:३-५

  • पहरामा भएको ओढारभित्र पटुका लुकाएर तिनी यरूशलेम फर्कन्छन्‌

पटुका लिन यर्मिया फेरि यूफ्रेटिस नदी भएको ठाउँमा जान्छन्‌

१३:६, ७

  • पटुका मक्किसकेको हुन्छ

जिम्मेवारी पूरा गरिसकेपछि मात्र यहोवाले तिनलाई कारण बताउनुहुन्छ

१३:८-११

  • अनावश्यक जस्तो देखिने काममा पनि यर्मियाले देखाएको आज्ञाकारिताले यहोवाले मानिसहरूको मनसम्म पुग्न कति धेरै प्रयास गर्नुभयो भनेर स्पष्ट हुन्छ