सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

तपाईंको परिवारलाई यहोवाको सम्झना गर्न मदत गर्नुहोस्

तपाईंको परिवारलाई यहोवाको सम्झना गर्न मदत गर्नुहोस्

यहूदीहरूले परमेश्वरलाई बिर्सेकाले तिनीहरूमाथि आउँदै गरेको विनाशबारे चेताउनी दिने जिम्मेवारी यर्मियाले पाएका थिए। (यर्मि १३:२५) यहूदी राष्ट्र कसरी आध्यात्मिक तवरमा यति विघ्न कमजोर हुनपुगे? इस्राएली परिवारका शिरहरूले व्यवस्था ६:५-७ मा उल्लिखित निर्देशन पालन नगरेकाले तिनीहरूको परिवार आध्यात्मिक तवरमा कमजोर भएका थिए।

परिवार आध्यात्मिक तवरमा बलियो छ भने मण्डली पनि बलियो हुन्छ। परिवारका शिरहरूले नियमित रूपमा र अर्थपूर्ण तरिकामा पारिवारिक उपासना गरेर आफ्ना परिवारलाई यहोवाको सम्झना गर्न मदत दिन सक्छन्‌। (भज २२:२७) मैले तिमीहरूलाई सुनाएको आज्ञा आफ्नो मनमा राख”—परिवारको अन्तरवार्ता भन्ने भिडियो देखाएपछि यी प्रश्नहरू सोध्नुहोस्:

  • कुनै-कुनै परिवारले पारिवारिक उपासना गर्न गाह्रो बनाउने चुनौतीहरू कसरी सामना गरेका छन्‌?

  • नियमित र अर्थपूर्ण पारिवारिक उपासना गर्दा के-कस्ता फाइदाहरू हुन्छन्‌?

  • पारिवारिक उपासना गर्ने सन्दर्भमा मैले कस्ता चुनौतीहरू सामना गरिरहेको छु र त्यसलाई समाधान कसरी गर्न सक्छु?