सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका कसरी प्रयोग गर्ने

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका कसरी प्रयोग गर्ने

आज यहोवाको इच्छाअनुसार चल्नेहरू को हुन्‌?—पुस्तिका बाइबल विद्यार्थीसित हरेक पटक अध्ययनको सुरु वा अन्तमा छलफल गर्न तयार पारिएको पुस्तिका हो। * यसको पाठ १-४ ले हामी को हौं? भन्ने कुरा बुझ्न विद्यार्थीलाई मदत गर्छ भने पाठ ५-१४ ले हाम्रो गतिविधिबारे बुझ्न र पाठ १५-२८ ले हाम्रो सङ्‌गठनको संरचना र कामबारे बुझाउँछ। साधारणतया पाठहरू क्रमैसँग छलफल गर्नु बेस हो। तर आवश्यकताअनुसार अर्को कुनै पाठ पनि छलफल गर्न सक्नुहुन्छ। हरेक पाठ एक पृष्ठको मात्र भएकोले विद्यार्थीसित ५ देखि १० मिनेटमै छलफल गर्न सक्नुहुन्छ।

  • शीर्षकमा दिइएको प्रश्न सुरुमा देखाउनुहोस्

  • पूरै पाठ पढ्‌नुहोस् वा भाग-भाग छुट्टयाएर पढ्‌नुहोस्

  • पढिएको कुरा छलफल गर्नुहोस्। अध्यायको अन्तमा दिइएको प्रश्न र तस्बिरहरू छलफल गर्नुहोस्। तपाईंलाई उपयुक्त लागेमा अनुच्छेदमा दिइएका शास्त्रपद पढ्‌नुहोस् र छलफल गर्नुहोस्। मुख्य शीर्षकको जवाफ उपशीर्षकले कसरी दिएको छ बुझाउनुहोस्

  • यदि पाठमा “अरू कुरा पनि जान्नुहोस्” भन्ने पेटी दिइएको छ भने सँगै पढ्‌नुहोस् र विद्यार्थीलाई त्यसमा दिइएका सुझाव लागू गर्न प्रोत्साहन दिनुहोस्

^ अनु. 3 अनलाइनमा उपलब्ध यो पुस्तिका सबैभन्दा नयाँ हुन सक्छ।