सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | मत्ती २५

“जागा रहो”

“जागा रहो”

२५:१-१२

येशूले बताउनुभएको दस कन्याको दृष्टान्त अभिषिक्‍त जनहरूको सन्दर्भमा भए तापनि यसमा पाइने मुख्य सन्देश सबै खीष्टियनहरूलाई लागू हुन्छ। (w१५ ३/१५ पृ. १२-१६) “त्यसकारण जागा रहो, किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।” (मत्ती २५:१३) के तपाईँ येशूको यो दृष्टान्त बुझाउन सक्नुहुन्छ?

  • दुलहा (पद. १)—येशू

  • बुद्धिमती र तयार कन्याहरू (पद. २)—अभिषिक्‍त ख्रीष्टियनहरू, जो आफ्नो जिम्मेवारी वफादार भई पूरा गर्न तयार छन्‌ र अन्तसम्मै ज्योतिझैँ चम्किरहन्छन्‌ (फिलि. २:१५)

  • “दुलहा आइपुग्नै लागे!” भन्‍ने आवाज (पद. ६)—येशूको उपस्थितिको प्रमाण

  • निर्बुद्धि कन्याहरू (पद. ८)—दुलहालाई भेट्‌न बाहिर निस्कने ती अभिषिक्‍त ख्रीष्टियनहरू, जो जागा रहँदैनन्‌ र निष्ठा कायम गर्दैनन्‌

  • बुद्धिमती कन्याहरू तेल दिन इन्कार गर्छन्‌ (पद. ९)—अन्तिम छाप लगाउने काम भइसकेपछि वफादार अभिषिक्‍त जनहरूले अवफादार हुनेहरूलाई मदत गर्न ढिला भइसकेको हुनेछ

  • “दुलहा आइपुगे” (पद. १०)—येशू महासङ्‌कष्ट अन्त हुने समयतिर न्याय गर्न आउनुहुनेछ

  • बुद्धिमती कन्याहरू दुलहासँगै विवाह-भोजमा भित्र पस्छन्‌ र ढोका बन्द हुन्छ (पद. १०)—येशूले वफादार अभिषिक्‍त जनहरूलाई स्वर्गमा जम्मा गर्नुहुनेछ तर अवफादार अभिषिक्‍त जनहरूले भने स्वर्गीय इनाम गुमाउनेछन्‌