सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—विद्यार्थीहरूलाई तयारी गर्न सिकाउनुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—विद्यार्थीहरूलाई तयारी गर्न सिकाउनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: बाइबल विद्यार्थीहरूले अध्ययनको लागि तयारी गरेका छन्‌ भने आफूले सिकिरहेको कुरा बुझ्न र सम्झन उनीहरूलाई अझ सजिलो हुन्छ। तिनीहरूले जति धेरै बुझ्छन्‌ र सम्झन्छन्‌, त्यति नै छिटो प्रगति गर्नेछन्‌। बप्तिस्मा गरेपछि पनि ‘जागा रहिरहन’ तिनीहरूले सभा र प्रचारकार्यको लागि तयारी गर्नुपर्ने हुन्छ। (मत्ती २५:१३) त्यसैले, अध्ययन कसरी गर्नुपर्छ भनेर बुझ्दा र अध्ययनको लागि राम्रो तालिका बनाउँदा तिनीहरूले जीवनभरि नै लाभ उठाउनेछन्‌। हामीले सुरुदेखि नै आफ्ना विद्यार्थीहरूलाई बाइबल अध्ययनको लागि तयारी गर्ने बानी विकास गर्न मदत गर्नुपर्छ।

हामी कसरी यसो गर्न सक्छौँ:

  • राम्रो उदाहरण बन्‍नुहोस्‌। (रोमी २:२१) विद्यार्थीलाई मनमा राखेर अध्ययनको लागि हरेक पटक तयारी गर्नुहोस्‌। (km ११/१५ पृ. ३) आफूले चिन्ह लगाएर तयारी गरेको प्रकाशन तिनलाई देखाउनुहोस्‌

  • विद्यार्थीलाई अध्ययनको लागि तयारी गर्न प्रोत्साहन दिनुहोस्‌। नियमित रूपमा अध्ययन हुन थालेपछि तिनलाई तयारी पनि बाइबल अध्ययनको प्रबन्धको भाग हो भनेर बुझाउनुहोस्‌ र यसो गर्दा कस्तो फाइदा हुन्छ, बताउनुहोस्‌। तयारी गर्न तिनले आफ्नो तालिकाबाट कसरी समय निकाल्न सक्छन्‌, व्यावहारिक सरसल्लाह दिनुहोस्‌। केही शिक्षकहरूले अध्ययन सञ्चालन गर्दा विद्यार्थीलाई आफूले चिन्ह लगाएको प्रकाशन प्रयोग गर्न दिन्छन्‌ अनि तयारी गर्दा कस्तो फाइदा हुन्छ, देखाउँछन्‌। विद्यार्थीले तयारी गर्दा तिनको प्रशंसा गर्नुहोस्‌

  • कसरी तयारी गर्ने, सिकाउनुहोस्‌। सुरु-सुरुमा कुनै-कुनै शिक्षकहरू अध्ययन सञ्चालन गर्ने समय विद्यार्थीलाई अध्ययनको लागि कसरी तयारी गर्ने भनेर सिकाउनको लागि प्रयोग गर्छन्‌