सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

नमुना कुराकानी

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: मानिसजातिको लागि परमेश्‍वरको उद्देश्‍य के हो?

बाइबल पद: उत्प १:२८

पुनःभेट प्रश्‍न: परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा हुनेछ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

○●○ पहिलो पुनःभेट

प्रश्‍न: परमेश्‍वरले मानिसजातिको लागि राख्नुभएको उद्देश्‍य पूरा हुनेछ भनेर हामी कसरी थाह पाउन सक्छौँ?

बाइबल पद: यसै ५५:११

पुनःभेट प्रश्‍न: परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुँदा पृथ्वीमा जीवन कस्तो हुनेछ?

○○● दोस्रो पुनःभेट

प्रश्‍न: परमेश्‍वरले आफ्नो उद्देश्‍य पूरा गर्नुहुँदा पृथ्वीमा जीवन कस्तो हुनेछ?

बाइबल पद: भज ३७:१०, ११

पुनःभेट प्रश्‍न: परमेश्‍वरको प्रतिज्ञा पूरा हुँदा त्यसबाट लाभ उठाउन चाहन्छौँ भने हामीले के गर्नुपर्छ?

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (मार्च २३–अप्रिल १९):

हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन चाहन्छौँ। यो निम्तोपर्ची लिनुहोस्‌। अप्रिल १९, शुक्रबारको दिन संसारभरिका लाखौँ मानिस येसु ख्रिष्टको मृत्युको सम्झना गर्न ठाउँ-ठाउँमा भेला हुनेछन्‌। हाम्रो इलाकामा यो कार्यक्रम कुन ठाउँमा र कहिले हुँदै छ भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा “साँच्चैको जीवन भेट्टाउने कोसिस गर्नुहोस्‌” भन्‍ने विषयमा भाषण दिइनेछ। त्यो सुन्‍न पनि हामी तपाईँलाई निम्तो दिन्छौँ।

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?