सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

नमुना चिठी

नमुना चिठी
  • आफ्नो ठेगाना लेख्नुहोस्‌। यदि आफ्नो ठेगाना दिनु उचित छैन जस्तो लागेमा एल्डरहरूको अनुमति लिएर राज्यभवनको ठेगाना प्रयोग गर्न सक्नुहुन्छ। तर शाखा कार्यालयको ठेगाना भने कहिल्यै प्रयोग नगर्नुहोस्‌।

  • तपाईँले चिठी पठाउन चाहनुभएको व्यक्‍तिको नाम थाह छ भने तिनको नामैले सम्बोधन गर्नुहोस्‌। यसो गर्दा उक्‍त चिठी कुनै सामानको विज्ञापन गर्न लेखिएको चिठी जस्तो देखिने छैन।

  • हिज्जे, व्याकरण र विरामहरू ठीक छ कि छैन भनेर ध्यान दिनुहोस्‌। चिठी सफा देखिनुपर्छ। हातैले लेख्नुभएको हो भने पढ्‌न सजिलो हुनेगरि लेख्नुपर्छ। चिठीमा अति नै अनौपचारिक जस्तो सुनिने शब्दहरू प्रयोग नगर्नुहोस्‌। साथै, बढ्‌तै औपचारिक भाषा पनि प्रयोग नगर्नुहोस्‌।

सँगै दिइएको चिठीमा माथिका बुँदाहरू समेटिएका छन्‌। तपाईँले प्रत्येक पटक कसैलाई चिठी लेख्दा यस नमुना चिठीको एक-एक शब्द सार्नुपर्छ भन्‍ने छैन। चिठी लेख्नुको कारण, स्थानीय परिस्थिति अनि चलन विचार गर्दै चिठी तयार पार्नुहोस्‌।