सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने​​—⁠मन छुने चिठी लेख्नुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने​​—⁠मन छुने चिठी लेख्नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: पहिलो कोरिन्थीको किताब प्रेषित पावलले सङ्‌गी ख्रिष्टियनहरूलाई प्रोत्साहन दिन लेखेका १४ वटा पत्रहरूमध्ये एक हो। लेखकले चिठी लेख्दा शब्दहरू होसियारीसाथ छान्‍न सक्छन्‌ अनि चिठी पाउने व्यक्‍तिले पनि सो चिठी बारम्बार पढ्‌न सक्छन्‌। चिठी लेख्नु भनेको नातेदार अनि इष्टमित्रलाई साक्षी दिने राम्रो तरिका हो। साथै चिठी लेख्नु भनेको हामी आफैले भेटेर कुराकानी गर्न नसक्ने मानिसहरूलाई साक्षी दिने प्रभावकारी तरिका पनि हो। उदाहरणको लागि, कोही व्यक्‍तिले चासो देखाएका हुन सक्छन्‌ तर तिनलाई घरमा भेट्‌न गाह्रो हुन सक्छ। कोहीचाहिँ कडा सुरक्षा व्यवस्था भएका अपार्टमेन्टहरूमा, हाउजिङहरूमा वा टाढा-टाढाका इलाकामा बस्ने भएकोले तिनीहरूलाई भेट्‌न गाह्रो हुन सक्छ। खासगरि अपरिचित व्यक्‍तिहरूलाई चिठी लेख्दा के-कस्ता कुराहरूमा ध्यान दिनुपर्छ?

हामी कसरी यसो गर्न सक्छौँ:

  • कोही व्यक्‍तिलाई भेट्‌दा तपाईँ जे भन्‍नुहुन्छ, चिठीमा त्यही कुरा लेख्नुहोस्‌। चिठीको सुरुमा आफ्नो परिचय दिनुहोस्‌ र आफूले चिठी लेख्नुको कारण स्पष्टसित उल्लेख गर्नुहोस्‌। तिनलाई सोच्न लगाउने प्रश्‍न लेख्न सक्नुहुन्छ र हाम्रो वेबसाइटमा जान आग्रह गर्न सक्नुहुन्छ। त्यसपछि तिनलाई अनलाइन बाइबल अध्ययन पाठहरूबारे (हाल नेपालीमा उपलब्ध छैन) वा गृह बाइबल अध्ययनको प्रबन्धबारे बताउनुहोस्‌। साथै, अध्ययन गर्न चलाइने कुनै प्रकाशनको अध्यायका शीर्षकहरू उल्लेख गर्न सक्नुहुन्छ। चिठीसँगै jw.org कार्ड, निम्तो पर्ची वा कुनै पर्ची पठाउन सक्नुहुन्छ

  • लम्बेतान कुरा नलेख्नुहोस्‌। चिठी सक्दो छोटो बनाउनुहोस्‌ ताकि पढ्‌ने मान्छेलाई पढ्‌दा पढ्‌दै दिक्क नलागोस्‌।—पृष्ठ ८ मा भएको नमुना चिठी हेर्नुहोस्‌

  • केही गल्ती भएको छ कि हेर्नुहोस्‌, सफा र चिटिक्क देखिनेगरि लेख्नुहोस्‌। मित्रैलो, तर्कपूर्ण अनि सकारात्मक ढङ्‌गमा चिठी लेख्नुहोस्‌। चिठी पठाउनको लागि टिकट टाँस्ने लगायत सबै प्रक्रिया पूरा गर्नुहोस्‌