सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌

बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्नुहोस्‌

चित्र र भिडियोजस्ता दृश्‍य सामग्रीहरूले श्रोताको ध्यान खिच्छ र तिनलाई सिकेको कुरा बुझ्न र सम्झन मदत दिन्छ। हाम्रा सबैभन्दा महान्‌ शिक्षक यहोवाले महत्त्वपूर्ण पाठहरू सिकाउन दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभएको थियो। (उत्प १५:५; यर्मि १८:१-६) महान्‌ शिक्षक येसुले पनि दृश्‍य सामग्रीहरू प्रयोग गर्नुभएको थियो। (मत्ति १८:२-६; २२:१९-२१) हालैका वर्षहरूमा एकदमै प्रभावकारी साबित भएको एउटा दृश्‍य सामग्री भिडियो हो। के तपाईँ आफ्ना बाइबल विद्यार्थीहरूलाई सिकाउन भिडियो प्रयोग गर्दै हुनुहुन्छ?

परमेश्‍वरबाट आएको सुसमाचार! पुस्तिकाका पाठहरूबाट सिकाउन मदत गर्ने दस वटा भिडियो तयार पारिएका छन्‌। साधारणतया पुस्तिकामा गाडा अक्षरमा लेखिएका प्रश्‍नहरूलाई नै भिडियोको शीर्षक बनाइएको छ। प्रत्येक भिडियो कहिले देखाउने भनेर सम्झन मदत गर्न यस पुस्तिकाको डिजिटल संस्करणमा भिडियोहरूका लिङ्‌कहरू राखिएका छन्‌। त्यसका साथै, अध्ययन सञ्चालन गर्न चलाइने शिक्षण सामग्रीमा भएका अरू विभिन्‍न प्रकाशनहरूसित सम्बन्धित भिडियोहरू पनि उपलब्ध छन्‌।

के तपाईँ बाइबल विद्यार्थीलाई बुझ्न गाह्रो हुने कुनै विषयबारे छलफल गर्दै हुनुहुन्छ? वा तपाईँको बाइबल विद्यार्थीले कुनै चुनौती सामना गरिरहेका छन्‌ कि? त्यसो हो भने jw.org/ne र JW ब्रोडकास्टिङमा तिनको लागि मदतकारी हुने भिडियो खोज्नुहोस्‌। बाइबल विद्यार्थीसितै बसेर त्यो भिडियो हेर्न र त्यसबारे छलफल गर्न सक्नुहुन्छ।

हरेक महिना नयाँ भिडियोहरू विमोचन हुन्छन्‌। नयाँ भिडियोहरू हेर्दा अरूलाई सिकाउन ती भिडियोहरू कसरी प्रयोग गर्न सकिन्छ, सोच्नुहोस्‌।