सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | रोमी १२-१४

ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?

ख्रिष्टियन प्रेम देखाउनुमा के-के समावेश छ?

१२:१०, १७-२१

ख्रिष्टियन प्रेम देखाउनुको अर्थ कसैले हामीसित नराम्रो व्यवहार गर्दा बदला नलिनु मात्र होइन, बरु यसमा तिनीसित दयालु व्यवहार गर्नु पनि समावेश छ। बाइबल भन्छ, “तिम्रो शत्रु भोकाएको छ भने उसलाई खुवाऊ; ऊ तिर्खाएको छ भने उसलाई केही पिउन देऊ; किनकि यसो गरेर तिमीले बलिरहेको कोइला उसको टाउकोमा थुपार्नेछौ।” (रोमी १२:२०) हामीलाई नराम्रो व्यवहार गर्ने व्यक्‍तिसित दयालु व्यवहार गऱ्‍यौँ भने तिनी आफूले गरेको व्यवहारको लागि पछुताउन पनि सक्छन्‌।

तपाईँले अनजानमै कसैको चित्त दुखाउनुभएको बेला ती व्यक्‍तिले तपाईँसित दयालु व्यवहार गर्दा तपाईँले कस्तो महसुस गर्नुभएको थियो?