सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—दृष्टिविहीनहरूलाई साक्षी दिनुहोस्‌

प्रचारकार्यमा अझै उन्‍नति गर्ने—दृष्टिविहीनहरूलाई साक्षी दिनुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: दृष्टिविहीनहरूलाई अपरिचित व्यक्‍तिहरूसित कुराकानी गर्न अप्ठ्यारो लाग्न सक्छ। त्यसैले दृष्टिविहीनहरूलाई साक्षी दिन हामीले समझ चलाउनुपर्ने हुन्छ। यहोवा दृष्टिविहीनहरूको ख्याल राख्नुहुन्छ। (लेवी १९:१४) दृष्टिविहीनहरूलाई आध्यात्मिक रूपमा उन्‍नति गर्न मदत दिँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौँ।

हामी कसरी यसो गर्न सक्छौँ:

  • दृष्टिविहीनहरूलाई ‘खोज्नुहोस्‌।’ (मत्ति १०:११) कोही दृष्टिविहीन मानिस भएको परिवारलाई तपाईँ चिन्‍नुहुन्छ कि? तपाईँले प्रचार गर्ने इलाकामा दृष्टिविहीनहरूलाई मदत गर्ने स्कुल, नर्सिङ होम वा अरू ठाउँहरू छन्‌ कि? तिनीहरू दृष्टिविहीनहरूका लागि भनेर तयार पारिएका प्रकाशनहरू लिन चाहन्छन्‌ कि?

  • व्यक्‍तिगत चासो दिनुहोस्‌। तपाईँले दृष्टिविहीनहरूसँग साथी जस्तो व्यवहार गर्दा वा तिनीहरूलाई मायालु चासो दिँदा तिनीहरूलाई तपाईँसँग कुरा गर्न सजिलो लाग्न सक्छ। तिनीहरूलाई चासो लाग्ने समसामयिक विषयमा कुराकानी सुरु गर्न प्रयास गर्नुहोस्‌

  • आध्यात्मिक मदत दिनुहोस्‌। दृष्टिविहीन वा राम्ररी देख्न नसक्नेहरूका लागि हाम्रो सङ्‌गठनले विभिन्‍न फर्म्याटमा साहित्यहरू प्रकाशित गरेको छ। तिनी कस्तो फर्म्याटमा प्रकाशन चाहन्छन्‌, सोध्नुहोस्‌। दृष्टिविहीनहरूले चाहेकै फर्म्याटमा साहित्य सेवकले प्रकाशनहरू मगाएका छन्‌ कि छैनन्‌ भनेर सेवा निरीक्षकले पक्का गर्नुपर्छ