सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलमा पाइने अनमोल धन | उत्पत्ति २९-३०

याकुब विवाह गर्छन्‌

याकुब विवाह गर्छन्‌

२९:१८-२८

विवाह पछि के-कस्ता परीक्षाहरू सामना गर्नुपर्छ भनेर याकुबलाई पहिल्यैदेखि थाह थिएन। राहेल र लेआ एक-अर्काको दुस्मन बन्‍न पुगे। (उत्प २९:३२; ३०:१, ८) तर विभिन्‍न परीक्षाका बाबजुद यहोवाले आफूलाई मदत गरिरहनुभएको कुरा याकुब आफैले अनुभव गरे। (उत्प ३०:२९, ३०, ४३) पछि तिनका सन्तानहरू इस्राएल राष्ट्र बने।—रुथ ४:११.

आज पनि, विवाह गर्नेहरूले विभिन्‍न चुनौतीको सामना गर्नुपर्ने हुन्छ। (१को ७:२८) तर यहोवामा भर परेर अनि बाइबल सिद्धान्तहरू लागू गरेर दम्पतीहरूले आफ्नो वैवाहिक जीवन सफल र सुखी बनाउन सक्छन्‌।—हित ३:५, ६; एफि ५:३३.