मार्च १६-२२ को हप्ताको तालिका
उत्पत्ति २५-२६
गीत १८ र प्रार्थना
परिचय (१ मि.)
बाइबलमा पाइने अनमोल धन
“एसावले आफ्नो ज्येष्ठ अधिकार बेचे”: (१० मि.)
उत्प २५:२७, २८—एसाव र याकुब जुम्ल्याहा भए तापनि तिनीहरूको व्यक्तित्व एकदमै फरक थियो अनि तिनीहरूलाई फरक-फरक कुराहरू गर्न मन पर्थ्यो (it-1-E पृ. १२४२)
उत्प २५:२९, ३०—एसावले आफूलाई भोक र थकानको वशमा पर्न दिए
उत्प २५:३१-३४—एसावले ज्येष्ठ अधिकारको मोल गरेनन् र एक छाक भोजनको लागि त्यो अधिकार याकुबलाई बेचे (w१९.०२ पृ. १६-१७ अनु. ११; it-1-E पृ. ८३५)
बहुमूल्य रत्न खोजौँ: (१० मि.)
उत्प २५:३१-३४—यस विवरणले ज्येष्ठ अधिकार पाएकाहरू मात्र मसीहको पुर्खा बन्ने थिए भन्ने कुरालाई बुझाउँदैन भनेर किन भन्न सक्छौँ? (हिब्रू १२:१६; w१७.१२ पृ. १५ अनु. ५-७)
उत्प २६:७—यस विवरणमा इसहाकले किन सम्पूर्ण तथ्य बताएनन्? (it-2-E पृ. २४५ अनु. ६)
यस हप्ताको बाइबल पढाइबाट तपाईँले यहोवा परमेश्वरबारे, साक्षीकार्यबारे वा अरू कुनै विषयबारे कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?
बाइबल पढाइ: (४ मि. वा कम) उत्प २६:१-१८ (th बुँदा ५)
कुराकानी गर्ने सीप तिखारौँ
पहिलो पुनःभेट भिडियो: (५ मि.) भिडियो देखाउनुहोस् अनि श्रोतालाई यी प्रश्नहरू सोध्नुहोस्: घरधनीलाई कुनै प्रश्नको जवाफ थाह छैन भने हामी तिनलाई अप्ठ्यारोमा नपार्न के गर्न सक्छौँ? प्रकाशकले कसरी प्रभावकारी तरिकामा मत्ति २०:२८ बाट तर्क गरे?
पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार गर्नुहोस्। (th बुँदा ३)
पहिलो पुनःभेट: (४ मि. वा कम) नमुना कुराकानीमा दिइएअनुसार कुरा थाल्नुहोस्। अनि सिकाउँछ किताब दिनुहोस्। (th बुँदा १५)
ख्रिष्टियन जीवन
परमेश्वरबाट आएको सुसमाचार! पुस्तिकाबाट अध्ययन सञ्चालन गर्दा भिडियोहरू प्रयोग गर्नुहोस्: (१५. मि) मरिसकेकाहरूको अवस्था कस्तो छ? र परमेश्वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भिडियो देखाउनुहोस्। प्रत्येक भिडियो देखाइसकेपछि यी प्रश्नहरू सोध्नुहोस्: सुसमाचार! पुस्तिकाबाट अध्ययन सञ्चालन गर्दा यो भिडियो कसरी प्रयोग गर्न सक्छौँ? (mwb१९.०३ पृ. ७) भिडियोमा भएका कुन-कुन बुँदाहरू अरूलाई सिकाउनको लागि मदतकारी पाउनुभएको छ? सुसमाचार! पुस्तिकाको डिजिटल संस्करणमा भिडियोका लिङ्कहरू राखिएका छन् भनेर सबैलाई सम्झाउनुहोस्।
मण्डली बाइबल अध्ययन: (३० मि.) bt अध्या. २१ अनु. १४-२२
समापन टिप्पणी (३ मि. वा कम)
गीत १०७ र प्रार्थना