सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

म कसलाई निम्तो दिऊँ?

म कसलाई निम्तो दिऊँ?

इलाकाका मानिसहरू पनि हामीसँगै स्मरणार्थ उत्सवमा सहभागी हुन सकून्‌ भनेर हरेक वर्ष हामी विशेष प्रचार अभियानमा भाग लिन्छौँ। तिनीहरूमध्ये कतिपय व्यक्‍तिलाई त हामीले चिनेकै हुँदैनौँ। साथै हामी आफूले चिने-जानेकाहरूलाई पनि निम्तो दिन्छौँ। आफूले चिनेको व्यक्‍तिले नै निम्तो दिँदा अक्सर मानिसहरू स्मरणार्थ उत्सवमा उपस्थित हुन्छन्‌। (yb०८-E पृ. ११ अनु. ३; पृ. १४ अनु. १) तपाईँ क-कसलाई निम्तो दिन सक्नुहुन्छ?

  • आफन्तहरू

  • सहकर्मी वा स्कुलका साथीहरू

  • छिमेकीहरू

  • पुनःभेट अनि पहिले र अहिलेका बाइबल विद्यार्थीहरू

साथै, एल्डरहरूले निष्क्रिय भएकाहरूलाई निम्तो दिनेछन्‌। आफूले निम्तो दिएको व्यक्‍ति तपाईँको इलाकामा बस्दैनन्‌ भने नि? तपाईँ jw.org/ne वेबसाइटको “हाम्रो बारेमा”-अन्तर्गत “स्मरणार्थ”-मा गएर तिनी बस्ने इलाकामा हुने स्मरणार्थ उत्सवको समय र ठेगाना थाह पाउन सक्नुहुन्छ। यस वर्षको स्मरणार्थ उत्सवको तयारी गर्दा क-कसलाई निम्तो दिन सक्छु भनेर सोच्नुहोस्‌ अनि तिनीहरूलाई निम्तो दिनुहोस्‌।