सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

परिवारमा प्रेम देखाउनुहोस्‌

परिवारमा प्रेम देखाउनुहोस्‌

प्रेम परिवारलाई एकसाथ बाँधेर राख्ने गम हो। परिवारमा प्रेम छैन भने एकता र सहयोगी मनोभाव कायम राख्न गाह्रो हुन्छ। परिवारमा पति, पत्नी र आमाबुबाले कसरी प्रेम देखाउन सक्छन्‌?

मायालु पतिले आफ्नी पत्नीको आवश्‍यकता, विचार र भावनाको ख्याल राख्छन्‌। (एफि ५:२८, २९) तिनले आफ्नो परिवारको भौतिक र आध्यात्मिक आवश्‍यकता पूरा गर्छन्‌, जसमा नियमित रूपमा पारिवारिक उपासना गर्नु पनि समावेश छ। (१ति ५:८) मायालु पत्नी आफ्नो पतिको अधीनमा बस्छिन्‌ र उनलाई “गहिरो आदर” गर्छिन्‌। (एफि ५:२२, ३३; १प ३:१-६) दुवैले एकअर्कालाई खुला मनले क्षमा गर्नुपर्छ। (एफि ४:३२) मायालु आमाबुबाले आफ्ना प्रत्येक छोराछोरीमा चासो राख्छन्‌ र तिनीहरूलाई यहोवालाई प्रेम गर्न सिकाउँछन्‌। (व्य ६:६, ७; एफि ६:४) आफ्ना छोराछोरीले स्कुलमा कस्ता चुनौती सामना गर्दै छन्‌? तिनीहरूले साथीहरूको दबाब कसरी सामना गर्दै छन्‌? परिवारमा प्रेम छ भने प्रत्येक सदस्यले सुरक्षित महसुस गर्छन्‌।

तपाईँको परिवारमा कहिल्यै अन्त नहुने प्रेम देखाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • मायालु पतिले कसरी आफ्नी पत्नीलाई खुवाउँछन्‌ अनि स्याहार्छन्‌?

  • मायालु पत्नीले आफ्नो पतिलाई गहिरो आदर गरेको कसरी देखाउँछिन्‌?

  • मायालु आमाबुबाले आफ्ना छोराछोरीको हृदयमा कसरी परमेश्‍वरको वचन राखिदिन सक्छन्‌?