ख्रिष्टियन जीवन
पिउने सन्दर्भमा बुद्धिमानी निर्णय गर्नुहोस्
सबै ख्रिष्टियनले रक्सी पिउने सन्दर्भमा आत्मसंयम देखाउनुपर्छ। (हित २३:२०, २९-३५; १को ६:९, १०) कुनै ख्रिष्टियनले पिउँछन् भने तिनले ठिक्क मात्रामा पिउनुपर्छ। तिनी पियक्कड हुनदेखि र अरूलाई ठेस पुऱ्याउनदेखि होसियार हुनुपर्छ। (१को १०:२३, २४; १ति ५:२३) कसैलाई पनि, अझ विशेषगरि जवानहरूलाई रक्सी पिउन कर गर्नुहुँदैन।
रक्सी पिउनुअघि सोच्नुहोस् भिडियो हेर्नुहोस् अनि निम्न प्रश्नको जवाफ दिनुहोस्:
-
सबै ख्रिष्टियनले रक्सी पिउने सन्दर्भमा किन नियम पालन गर्नुपर्छ?—रोमी १३:१-४
-
कसैले रक्सी पिउन कर गऱ्यो भन्दैमा हामीले किन पिउनुपर्दैन?—रोमी ६:१६
-
रक्सी पिउँदा आइपर्न सक्ने खतराहरूदेखि हामी कसरी जोगिन सक्छौँ?