सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

कुराकानी गर्ने सीप तिखारौँ | साक्षीकार्यमा आफ्नो आनन्द बढाउनुहोस्‌

मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाउनुहोस्‌

मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाउनुहोस्‌

पुनःभेट गर्दा वा बाइबल अध्ययन सञ्चालन गर्दा हामीले श्रोतालाई मुख्य बुँदाहरू बुझ्न मदत गर्नुपर्छ। ती बुँदाहरू बुझ्न उदाहरणहरू चलायौँ भने उनीहरूको मन छुन र सिकेको कुरा सम्झन सजिलो हुन सक्छ।

पुनःभेट वा बाइबल अध्ययनको लागि तयारी गर्दा कम महत्त्वपूर्ण कुरालाई नभई मुख्य बुँदालाई जोड दिन उदाहरण चलाउनुहोस्‌। दैनिक जीवनसित सम्बन्धित उदाहरणहरू प्रयोग गर्नुहोस्‌। (मत्ति ५:१४-१६; मर्कु २:२१; लुका १४:७-११) श्रोताको पृष्ठभूमि र तिनले के गरिरहेका छन्‌ भनेर पनि विचार गर्नुहोस्‌। (लुका ५:२-११; युह ४:७-१५) श्रोताले कुनै कुरा बुझेर आनन्दित भएको देख्दा तपाईँ पनि आनन्दित हुनुहुनेछ।

चेला बनाउने काममा भाग लिँदाको आनन्द महसुस गर्नुहोस्‌आफ्नो सीप तिर्खानुहोस्‌मुख्य बुँदाहरू प्रस्ट पार्न उदाहरणहरू चलाएर भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • बाइबल पदहरूको अर्थ बुझ्न विद्यार्थीलाई किन मदत चाहिन सक्छ?

  • निताले रोमी ५:१२ मा पाइने सत्य बुझाउन कस्तो उदाहरण चलाइन्‌?

  • राम्रा उदाहरणहरूले मन छुन्छ

    राम्रा उदाहरणहरूले हाम्रो श्रोतामा कस्तो प्रभाव पार्न सक्छ?

  • साक्षीकार्यमा हामीले किन यहोवाको सङ्‌गठनले उपलब्ध गराएका भिडियोहरू अनि शिक्षण साम्रगीहरू प्रयोग गर्नुपर्छ?