सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

अनुशासन—यहोवाको प्रेमको अभिव्यक्‍ति

अनुशासन—यहोवाको प्रेमको अभिव्यक्‍ति

अनुशासनले खासगरि निर्देशन दिनु र शिक्षा दिनुलाई बुझाउँछ तर यसमा सुधार्नु र सजाय दिनु पनि समावेश छ। यहोवालाई स्विकार्य हुने तरिकामा उपासना गर्न सकोस्‌ भनेर उहाँ हामीलाई अनुशासन दिनुहुन्छ। (रोमी १२:१; हिब्रू १२:१०, ११) कहिलेकाहीँ अनुशासन पीडादायी हुन सक्छ तर यसले हामीलाई धार्मिकतातर्फ डोऱ्‍याउँछ र हामीले आशिष्‌ पाउनेछौँ। (हित १०:७) अनुशासन दिने र पाउने व्यक्‍तिले के कुरा मनमा राख्नुपर्छ?

अनुशासन दिने व्यक्‍ति: एल्डर, आमाबुबा र अरूले यहोवाले जस्तै मायालु अनि दयालु भई अनुशासन दिन निकै मेहनत गर्छन्‌। (यर्मि ४६:२८) कडा अनुशासन पनि आश्‍यकताअनुसार प्रेमले उत्प्रेरित भएर दिनुपर्छ।—ति १:१३.

अनुशासन पाउने व्यक्‍ति: जस्तोसुकै अनुशासन पाए तापनि हामीले त्यसलाई इन्कार गर्नुहुँदैन बरु तुरुन्तै लागू गर्ने प्रयास गर्नुपर्छ। (हित ३:११, १२) त्रुटिपूर्ण भएकोले हामी सबैलाई अनुशासन चाहिन्छ, जुन विभिन्‍न किसिमका हुन्छन्‌। बाइबलमा पढेको वा मण्डलीमा सुनेको कुराबाट पनि हामी अनुशासन पाउन सक्छौँ। कहिलेकाहीँ कसै-कसैलाई न्यायिक समितिले अनुशासन दिनुपर्ने पनि हुन्छ। अनुशासन स्विकार्दा त्यसले हामीलाई जीवनको बाटोतर्फ डोऱ्‍याउनेछ।—हित १०:१७.

“यहोवा जसलाई माया गर्नुहुन्छ, उसैलाई अनुशासन दिनुहुन्छ” भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • क्यानन्‌को बाल्यकाल कस्तो थियो तर पछि के भयो?

  • उहाँले यहोवाबाट कस्तो मायालु अनुशासन पाउनुभयो?

  • यहोवाले दिनुहुने अनुशासनलाई प्रेम गर्न सिक्नुहोस्‌

    उहाँको अनुभवबाट हामी के सिक्न सक्छौँ?