सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

‘अन्तको दिनको’ पनि अन्तिम समयमा तयार रहनुहोस्‌

‘अन्तको दिनको’ पनि अन्तिम समयमा तयार रहनुहोस्‌

यस ‘अन्तको दिनको’ पनि अन्तिम समयमा समस्या झन्‌झनै बढ्‌नेछ भनेर हामी आशा गर्न सक्छौँ। (२ति ३:१; “प्रसववेदनाnwtsty-E मत्ति २४:८ को अध्ययन नोट) प्राकृतिक प्रकोप आइपर्दा यहोवाका मानिसहरूले प्रायः समयमै जीवन बचाउने निर्देशनहरू पाउँछन्‌। त्यतिबेला हामी बच्ने कुरा अहिले आज्ञाकारी भई तयारी गर्नुमा निर्भर हुन्छ, यो आध्यात्मिक र शारीरिक दुवै कुरामा लागू हुन्छ।—लुका १६:१०.

  • आध्यात्मिक रूपमा तयारी गर्नुहोस्‌: राम्रो आध्यात्मिक तालिका बनाउनुहोस्‌। प्रचार गर्ने विभिन्‍न तरिका सिक्नुहोस्‌। केही समयको लागि मण्डलीका दाजुभाइ दिदीबहिनीसित छुट्टिनुपरे तापनि नअत्तालिनुहोस्‌। (यसै ३०:१५) यहोवा अनि येसु सधैँ तपाईँको साथमा हुनुहुन्छ।—od पृ. १७६ अनु. १५-१७

  • शारीरिक रूपमा तयारी गर्नुहोस्‌: सबै परिवारले झटपट झोला तयार राख्नुपर्छ। यसबाहेक आपत्‌कालीन अवस्थामा कुनै स्थानमा लामो समयसम्म बस्नुपर्ने हुन सक्छ। त्यसैले त्यस्तो अवस्थाको लागि पर्याप्त मात्रामा खानेकुरा, पानी, औषधी र यस्तै अन्य सरसामानहरू सञ्चय गरेर राख्नुपर्छ।—हित २२:३; g१७.५ पृ. ४-६

के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्राकृतिक प्रकोपको लागि हामीले आध्यात्मिक रूपमा कसरी तयारी गर्न सक्छौँ?

  • हामीले यसो गर्नु किन महत्त्वपूर्ण छ:

    • एल्डरहरूसित सम्पर्कमा रहनु?

    • झटपट झोला तयार पार्नु?

    • कस्तो किसिमको प्रकोप आउन सक्छ भनेर विचार गर्नु र हरेक अवस्थामा के गर्ने भनेर सोच्नु?

  • प्राकृतिक प्रकोपमा परेकाहरूलाई हामी कुन तीन तरिकामा मदत सक्छौँ?

आफैलाई सोध्नुहोस्‌: ‘तयार रहने सन्दर्भमा मैले कोभिड-१९ को महामारीबाट कस्तो पाठ सिक्न सकेँ?’