सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌

आफ्ना इच्छाहरूलाई वशमा राख्नुहोस्‌

हामी त्रुटिपूर्ण मानिसहरू भएकोले आफ्ना इच्छाहरूलाई वशमा राख्न सङ्‌घर्ष गरिरहनुपर्ने हुन्छ। आफ्नो इच्छालाई नै बढ्‌ता महत्त्व दियौँ भने हामीले यहोवाको अनुमोदन गुमाउन सक्छौँ। जस्तै: कतिपयले गाँस, बास र कपास जुटाउने दौडधुपमा यहोवाप्रतिको प्रेमलाई ओझेलमा पर्न दिन्छन्‌। कतिपय भने आफ्नो यौन इच्छा पूरा गर्नको लागि यहोवाले तोक्नुभएको स्तर उल्लङ्‌घन गर्छन्‌। (रोमी १:२६, २७) अरू भने साथीहरूले स्विकारून्‌ भन्‍ने चाहनाले गर्दा उनीहरूले जे भन्यो, त्यही गर्छन्‌।—प्रस्थ २३:२.

हामी कसरी आफ्ना इच्छाहरूलाई वशमा राख्न सक्छौँ? हामीले आध्यात्मिक कुराहरूमा ध्यान दिन सक्दो गर्नुपर्छ। (मत्ति ४:४) साथै आफ्ना इच्छाहरूलाई वशमा राख्न मदतको लागि यहोवालाई बिन्ती गर्नुपर्छ। किन? किनभने हाम्रो लागि के असल छ अनि हाम्रो उचित इच्छाहरू कसरी पूरा गर्ने भनेर उहाँ जान्‍नुहुन्छ।—भज १४५:१६.

आफ्नो जीवनलाई धुवाँमा उड्‌न नदिनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • केही मानिसहरू किन चुरोट पिउँछन्‌?

  • चुरोट पिउँदा तपाईँलाई कस्तो हानी पुग्छ?

  • चुरोट पिउनु र भेपिङ्‌ गर्नु किन गलत हो?—२को ७:१

  • तपाईँ चुरोट पिउने तलतल रोक्न सक्नुहुन्छ!

    चुरोट पिउन इन्कार गर्न वा त्यसको कुलत त्याग्न तपाईँ के गर्न सक्नुहुन्छ?