सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गरेर यहोवा र येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌

सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! प्रयोग गरेर यहोवा र येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌

यहोवालाई खुसी पार्न बाइबल विद्यार्थीहरूले बलियो विश्‍वास विकास गर्नुपर्छ। (हिब्रू ११:६) हामी सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌! किताब प्रयोग गरेर तिनीहरूलाई त्यसो गर्न मदत दिन सक्छौँ। यस अध्ययन सामग्रीमा महत्त्वपूर्ण बाइबल पदहरू, चित्तबुझ्दो तर्कहरू, सोच्न लगाउने प्रश्‍नहरू, मन छुने भिडियोहरू र सुन्दर चित्रहरू पाउँछौँ। यहोवालाई मन पर्ने गुणहरू विकास गर्न र उहाँसित मित्रता गाँस्न हाम्रा बाइबल विद्यार्थीहरूलाई मदत गर्नु भनेको आगोले नाश नहुने सामग्रीहरूले निर्माण गर्नुजस्तै हो।—१को ३:१२-१५.

कसै-कसैलाई आफूले कहिल्यै नदेखेको परमेश्‍वरको साथी बन्‍ने कुरा असम्भव हो जस्तो लाग्छ। त्यसैले यहोवालाई चिन्‍न र उहाँमाथिको विश्‍वास विकास गर्न हामीले तिनीहरूलाई मदत गर्नुपर्छ।

“सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रकाशन प्रयोग गरेर यहोवामाथिको विश्‍वास बलियो बनाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्रकाशकले अध्ययनको लागि राम्ररी तयारी गरेकी थिइन्‌ भनेर हामी किन भन्‍न सक्छौँ?

  • यसैया ४१:१०, १३ पढेपछि विद्यार्थीको विचार र तिनले महसुस गरेको भावना बुझ्न प्रकाशकले कस्ता थप प्रश्‍नहरू सोधिन्‌?

  • भिडियो र बाइबल पदहरूले विद्यार्थीमा कस्तो प्रभाव पाऱ्‍यो?

धेरै मानिसलाई फिरौतीको बलिदान भनेको के हो भनेर थाह छैन अथवा तिनीहरू त्यसलाई परमेश्‍वरले हामी प्रत्येकलाई दिनुभएको उपहार ठान्दैनन्‌। (गला २:२०) त्यसैले हामीले तिनीहरूलाई येसुले चढाउनुभएको फिरौतीको बलिदानमा विश्‍वास गर्न मदत दिनुपर्छ।

“सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!” प्रकाशन प्रयोग गरेर येसुमाथिको विश्‍वास बलियो बनाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • प्रकाशकले अध्ययनको लागि राम्ररी तयारी गरेका थिए भनेर हामी किन भन्‍न सक्छौँ?

  • तिनले विद्यार्थीलाई चाहिएकै मदत दिन “अझ धेरै जान्‍नुहोस्‌” भन्‍ने भागमा भएको विषयवस्तु कसरी प्रयोग गरे?

  • विद्यार्थीले प्रार्थना गर्नु किन महत्त्वपूर्ण छ?