सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

“प्रेमले . . . सबै कुराको आशा गर्छ”

“प्रेमले . . . सबै कुराको आशा गर्छ”

निःस्वार्थ प्रेमले उत्प्रेरित भएर हामी दाजुभाइ दिदीबहिनीको भलो चिताउँछौँ। (१को १३:४, ७) उदाहरणको लागि, कुनै भाइ वा बहिनीले पाप गरेकोले तिनलाई अनुशासन दिइन सक्छ। त्यस्तो बेला आफूलाई सच्याउन गरिएको प्रयासलाई तिनले स्वीकार्नेछन्‌ भनेर हामी आशा गर्छौँ। विश्‍वासमा कमजोर भएकाहरूलाई हामी धीरज देखाउँदै मदत गर्न खोज्छौँ। (रोमी १५:१) कसैले यहोवालाई त्यागेमा तिनी कुनै दिन फर्कनेछन्‌ भनेर हामी आशा गर्छौँ।—लुका १५:१७, १८.

प्रेमले कस्तो व्यवहार गर्छ, सम्झनुहोस्‌—सबै कुराको आशा गर्छ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • अब्नेरको मनोवृत्ति कसरी परिवर्तन भयो?

  • दाउद र योआबले अब्नेरको आग्रहप्रति कस्तो फरक-फरक प्रतिक्रिया देखाए?

  • हामीले किन दाजुभाइ दिदीबहिनीको भलो चिताउनुपर्छ?