सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

के तपाईँ हुलदङ्‌गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ?

के तपाईँ हुलदङ्‌गा मच्चिँदा सुरक्षित रहन तयार हुनुहुन्छ?

यस युगको अन्त नजिकिँदै जाँदा हुलदङ्‌गा, आतङ्‌कवाद अनि युद्ध अझै बढ्‌नेछ। (प्रका ६:४) यस्ता चुनौतीहरूको सामना गर्न हामी कसरी तयारी गर्न सक्छौँ?

  • वफादार रहिरहन तयारी गर्नुहोस्‌: यहोवा र उहाँको सङ्‌गठनमाथिको भरोसालाई बलियो बनाउन र तटस्थ रहन मदत गर्ने बाइबल विवरणहरू अनि सिद्धान्तहरू खोज्नुहोस्‌। (हित १२:५; jr-E पृ. १२५-१२६ अनु. २३-२४) मण्डलीका दाजुभाइ दिदीबहिनीसित घनिष्ठ मित्रता गाँस्ने समय अहिल्यै हो।—१प ४:७, ८

  • सुरक्षित रहिरहन तयारी गर्नुहोस्‌: सुरक्षित रहनको निम्ति घरको कुन ठाउँमा लुक्ने भनेर योजना बनाउनुहोस्‌ र आवश्‍यक सरसामानहरू पनि राख्नुहोस्‌। घरमा बस्न सुरक्षित भएन भने कहाँ जाने भनेर पहिल्यै योजना बनाउनुहोस्‌। झटपट झोलामा पन्जा, मास्क, पैसा अनि कागजपत्रजस्ता आवश्‍यक सरसामान छ कि छैन भनेर पक्का गर्नुहोस्‌। तपाईँ एल्डरहरूलाई कसरी सम्पर्क गर्न सक्नुहुन्छ थाह पाइराख्नुहोस्‌ र तिनीहरूले पनि तपाईँलाई कसरी सम्पर्क गर्न सक्छन्‌ भनेर थाह दिनुहोस्‌।—यसै ३२:२; g१७.५ पृ. ३-७

हुलदङ्‌गा मच्चिँदा आध्यात्मिक तालिका कायम राख्नुहोस्‌। (फिलि १:१०) घरमै बस्नु सुरक्षित छ भने अन्त कतै नजानुहोस्‌। (मत्ति १०:१६) आफूसँग भएको खानेकुरा अनि अन्य सरसामान बाँडचुँड गर्नुहोस्‌।—रोमी १२:१३.

के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • विपद्‌को बेला यहोवा हामीलाई कसरी मदत गर्न सक्नुहुन्छ?

  • हामी के-कस्तो तयारी गर्न सक्छौँ?

  • विपद्‌को मारमा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?