सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

हालैका घटनाहरू प्रयोग गर्दै साक्षी दिनुहोस्‌

हालैका घटनाहरू प्रयोग गर्दै साक्षी दिनुहोस्‌

येसुले मानिसहरूलाई सिकाउन त्यतिबेला भइरहेका घटनाहरू प्रयोग गर्नुभयो। (लुका १३:१-५) हामी पनि राज्य सन्देशप्रति मानिसहरूको चासो जगाउन हालैका घटनाहरू प्रयोग गर्न सक्छौँ। बढ्‌दो महङ्‌गी, प्राकृतिक प्रकोप, हुलदङ्‌गा, लागू-पदार्थको दुर्व्यसन वा यस्तै विषयमा कुरा सुरु गरेपछि हामी सोच्न लगाउने प्रश्‍न सोध्न सक्छौँ। जस्तै: “. . . को कहिल्यै अन्त होला जस्तो तपाईँलाई लाग्छ?” वा “तपाईँको विचारमा . . . को समाधान के होला?” त्यसपछि विषयसित मिल्ने बाइबल पद देखाउन सक्छौँ। ती व्यक्‍तिले चासो देखाए भने शिक्षण सामग्रीमा भएको कुनै भिडियो वा प्रकाशनतिर तिनको ध्यान खिच्न सक्छौँ। क्षेत्रका मानिसहरूको मन छुने कोसिस गर्दै ‘सुसमाचार बाँड्‌न यसको निम्ति सबथोक गरौँ।’—१को ९:२२, २३.

तपाईँको इलाकाका मानिसहरूलाई कस्ता विषयहरूमा चासो लाग्न सक्छ?