सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

धर्मत्यागीहरूदेखि जोगिनुहोस्‌!

धर्मत्यागीहरूदेखि जोगिनुहोस्‌!

सैतान अनि त्यसको वशमा परेकाहरूले हाम्रो विश्‍वासलाई कमजोर बनाउन अक्सर सत्यसित झूटा कुराहरू छ्यासमिस गर्ने गर्छन्‌। (२को ११:३) उदाहरणको लागि, अस्सेरियालीहरूले यहोवाका जनहरूलाई निरुत्साहित पार्न अर्ध सत्य अनि सरासर झूटो कुरा बोले। (२इ ३२:१०-१५) धर्मत्यागीहरू आज पनि त्यस्तै चाल चल्छन्‌। हामीले धर्मत्यागी शिक्षालाई कस्तो ठान्‍नुपर्छ? विषझैँ ठान्‍नुपर्छ! त्यसैले धर्मत्यागीहरूले पठाएको जानकारी कहिल्यै नपढ्‌नुहोस्‌, त्यस्ता कुराकानीमा पटक्कै सहभागी नहुनुहोस्‌ अनि ती जानकारीहरू अरूलाई पठाउँदै नपठाउनुहोस्‌। यहोवा र उहाँको सङ्‌गठनबारे शङ्‌का उब्जाउने त्यस्ता जानकारीहरू तुरुन्तै ठम्याउनुहोस्‌ र त्यसलाई तिरस्कार गर्नुहोस्‌।—यहु ३, ४.

“विश्‍वासको निम्ति अझ परिश्रम गरेर लड”!—सानो अंश भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • इन्टरनेट फोरमहरूमा सहभागी भएका छौँ भने हामी किन होसियार हुनै पर्छ?

  • रोमी १६:१७ मा पाइने सल्लाह हामी कसरी लागू गर्न सक्छौँ?