सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

के तपाईँ अडियो बाइबलको सदुपयोग गर्दै हुनुहुन्छ?

के तपाईँ अडियो बाइबलको सदुपयोग गर्दै हुनुहुन्छ?

अडियो बाइबल भनेको के हो? अडियो बाइबल संशोधित नयाँ संसार अनुवाद-को रेकर्डिङ हो। यो बिस्तारै धेरै भन्दा धेरै भाषामा विमोचन हुँदै छ। अडियो बाइबलको एउटा विशेषता भनेको यसमा प्रत्येक बाइबल पात्रको लागि फरक-फरक आवाज प्रयोग गरिएको छ। अनि बाइबलको सही सन्देश व्यक्‍त गर्न ठीक ठाउँमा जोड दिएर भावसहित पढिएको छ।

अडियो बाइबलबाट कसै-कसैले कस्तो लाभ उठाएका छन्‌? नियमित रूपमा अडियो बाइबल सुन्‍ने थुप्रैले परमेश्‍वरको वचन जीवन्त भएको महसुस गरेका छन्‌। तिनीहरूले फरक-फरक पात्रको लागि फरक आवाज सुन्दा बाइबलका घटनाहरू कल्पना गर्न सजिलो भएको अनि लेखिएको कुरा अझ राम्ररी बुझ्न सकेको महसुस गरेका छन्‌। (हित ४:५) अनि थुप्रैले चिन्ता र फिक्रीले सताएको बेला अडियो बाइबल सुन्दा दिलासा पाएका छन्‌। —भज ९४:१९.

परमेश्‍वरको वचन आवाज निकालेर पढिएको सुन्दा त्यसले हाम्रो जीवनमा सशक्‍त प्रभाव पार्छ। (२इ ३४:१९-२१) यदि तपाईँले बुझ्ने भाषामा आंशिक वा पूरा अडियो बाइबल उपलब्ध छ भने नियमित रूपमा सुन्‍ने बानी बसाल्नुभए कसो होला?

अडियो बाइबल कसरी तयार पारिन्छ?—सानो अंश भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

यस भिडियोमा देखाइएको कुन कुराले तपाईँको मन छोयो?