सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌

कुराकानी सुरु गर्न नहिचकिचाउनुहोस्‌

अनौपचारिक कुराकानी सुरु गरेपछि साक्षी दिन सजिलो हुन्छ र यो एउटा प्रभावकारी तरिका पनि हो। तैपनि बाइबलको कुरा कसरी बताउने भनेर बढ्‌तै ध्यान दियौँ भने कुराकानी सुरु गर्न हामीलाई अप्ठ्यारो लाग्न सक्छ। त्यसैले कसरी साक्षी दिने भनेर असाध्यै चिन्तित हुनुको साटो व्यक्‍तिगत चासो देखाउने कोसिस गर्नुहोस्‌। (मत्ति २२:३९; फिलि २:४) कुराकानीको दौडान आफ्नो विश्‍वासबारे बताउने मौका मिल्यो भने हामीले प्रयोग गर्न सक्ने थुप्रै सामग्री उपलब्ध छन्‌।

कुराकानीको दौडान कुनै एउटा विषय उठ्यो भने साक्षी दिन तल दिइएका सामग्री कसरी प्रयोग गर्न सक्नुहुन्छ?

‘फलामले फलामलाई उध्याउँछ’—अनौपचारिक कुराकानी सुरु गर्नुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नको जवाफ दिनुहोस्‌:

कुराकानी गर्ने सीप तिखार्न हामी कुन तीन वटा कदम चाल्न सक्छौँ?