सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

आफूप्रति यहोवाको जस्तै दृष्टिकोण राख्नुहोस्‌

“यहोवा आफ्ना मानिसहरूसित खुसी हुनुहुन्छ।” (भज १४९:४) हामी त्रुटिपूर्ण भए तापनि यहोवा हामीमा भएका असल गुणहरू हेर्नुहुन्छ। साथै भविष्यमा हामीले के-कस्ता राम्रा कुराहरू गर्न सक्छौँ, त्यसमा ध्यान दिनुहुन्छ। तर हामीलाई भने कहिलेकाहीँ आफूमा भएका असल गुणहरूमा ध्यान दिन गाह्रो हुन सक्छ। अरूले हामीसित गरेको व्यवहारले गर्दा हामीलाई आफू बेकामको छु जस्तो लाग्न सक्छ। अथवा विगतमा हामीले गरेका गल्तीहरूमा ध्यान दिँदा यहोवा हामीलाई माया गर्नुहुन्छ भन्‍ने कुरामा शङ्‌का लाग्न सक्छ। त्यस्ता भावनाहरूले सताउँदा हामीलाई केले मदत गर्न सक्छ?

याद गर्नुहोस्‌, मानिसले देख्न नसक्ने कुरा पनि यहोवा देख्न सक्नुहुन्छ। (१स १६:७) त्यसको मतलब हामी आफूमा जे देख्न सक्दैनौँ, यहोवा त्यो पनि देख्न सक्नुहुन्छ। खुसीको कुरा, बाइबलमा यहोवा हामीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बताइएको छ। यहोवा आफ्ना उपासकहरूलाई कत्ति माया गर्नुहुन्छ भनेर देखाउने बाइबल विवरणहरू पढ्यौँ भने उहाँ हामीप्रति कस्तो दृष्टिकोण राख्नुहुन्छ भनेर बुझ्न सक्छौँ।

यहोवा तपाईँलाई प्रेम गर्नुहुन्छ भनेर आफ्नो हृदयलाई ढुक्क बनाउनुहोस्‌ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • यहोवाले हामीप्रति राख्नुहुने दृष्टिकोणबारे एक जना धावक र तिनको बुबाको उदाहरणबाट के बुझ्न सक्छौँ?

  • गम्भीर पाप गरेका व्यक्‍तिले यहोवासितको सम्बन्ध सुधार्न आवश्‍यक कदमहरू चालेका छन्‌ भने उहाँ तिनलाई प्रेम गर्नुहुन्छ भनेर तिनी कसरी ढुक्क हुन सक्छन्‌?—१यु ३:१९, २०

  • दाउद र यहोसापातको विवरण पढ्‌दा र मनन गर्दा भिडियोमा देखाइएका भाइले कस्तो लाभ उठाए?