सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ

यहोवा “अनाथहरूका बुबा” हुनुहुन्छ

हरेक वर्ष थुप्रै युवायुवतीले यहोवाको साथी बन्‍ने छनौट गर्छन्‌। (भज ११०:३) यहोवा तपाईँ प्रत्येकमा गहिरो चासो राख्नुहुन्छ। तपाईँले कस्ता चुनौतीहरूको सामना गर्दै हुनुहुन्छ, त्यो उहाँ राम्ररी बुझ्नुहुन्छ। साथै उहाँको सेवा गरिरहन तपाईँलाई मदत गर्ने प्रतिज्ञा गर्नुभएको छ। तपाईँलाई एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहनुभएको छ भने यहोवा “अनाथहरूका बुबा” बन्‍नुहुन्छ भनेर कहिल्यै नबिर्सनुहोस्‌। (भज ६८:५) तपाईँको पारिवारिक माहोल जस्तोसुकै भए तापनि यहोवाले दिनुहुने तालिम पाएपछि तपाईँ उहाँको पक्षमा खडा हुन सक्नुहुनेछ।—१प ५:१०.

विश्‍वासको खातिर सफलतासाथ लडिरहेकाहरू—एक्लो बुबा वा एक्ली आमाले हुर्काइरहेकाहरू भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ट्यामी, चार्ल्स र जिमीको अनुभवबाट तपाईँले के सिक्नुभयो?

  • एक्लो बुबा वा एक्ली आमा भएको परिवारमा हुर्किरहेका छोराछोरीले भजन २७:१० बाट कस्तो आश्‍वासन पाउन सक्छन्‌?