सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रिष्टियन जीवन

के तपाईँ आर्थिक सङ्‌कटको सामना गर्न तयार हुनुहुन्छ?

के तपाईँ आर्थिक सङ्‌कटको सामना गर्न तयार हुनुहुन्छ?

अहिले भइरहेका घटनाहरूको कारण संसारभरि आर्थिक अस्थिरता छाएको देख्दा हामी छक्क पर्दैनौँ। किन? किनभने हामी अन्तको दिनको पनि अन्तिम समयमा बाँचिरहेका छौँ अनि बाइबलले हामीलाई आफ्नो आशा “अस्थिर धनसम्पत्तिमा” नराख्न चेतावनी दिएको छ। (१ति ६:१७; २ति ३:१) त्यसोभए आर्थिक सङ्‌कटको सामना गर्न हामी राजा यहोसापातको उदाहरणबाट के सिक्न सक्छौँ?

शत्रु राष्ट्रहरूले धम्काउँदा यहोसापात यहोवामा भर परे। (२इ २०:९-१२) साथै तिनले आफ्नो राष्ट्रको सुरक्षाको लागि व्यावहारिक कदमहरू चाले, जस्तै: तिनले सहरहरूलाई पर्खालले घेरे र सैन्य चौकीहरू खडा गरे। (२इ १७:१, २, १२, १३) यहोसापातले जस्तै हामीले पनि यहोवामा भरोसा राख्नुपर्छ र कठिन समयको सामना गर्न व्यावहारिक कदमहरू चाल्नुपर्छ।

के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ? भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • विपद्‌को सामना गर्न हामी प्रत्येकले कस्तो तयारी गर्न सक्छौँ?

  • हामी अरूलाई मदत गर्न कस्तो तयारी गर्न सक्छौँ?