सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मे ६-१२

भजन ३६-३७

मे ६-१२

गीत ८७ र प्रार्थना | परिचय (१ मि.)

बाइबलमा पाइने अनमोल धन

१. “दुष्टहरूको कारण निराश नहोऊ”

(१० मि.)

दुष्ट मानिसहरूले गर्दा हामीलाई दुःख र पीडा हुन्छ (भज ३६:१-४; w१७.०४ पृ. १० अनु. ४)

“दुष्टहरूको कारण” आफ्नो मनमा रिस पालिरहँदा हामी आफैलाई हानि हुन्छ (भज ३७:१, ७, ८; w२२.०६ पृ. १० अनु. १०)

यहोवाका प्रतिज्ञाहरूमा भरोसा गर्दा हामीले शान्ति पाउनेछौँ (भज ३७:१०, ११; w०३ १२/१ पृ. १३ अनु. २०)

आफैलाई सोध्नुहोस्‌: ‘समाचारमा दुष्ट मानिसका कर्तुतहरूबारे देखाइँदा के म त्यसमा बढ्‌तै ध्यान दिन्छु?’

२. बहुमूल्य रत्न

(१० मि.)

  • भज ३६:६—भजनरचयिताले यहोवाको धार्मिकतालाई “विशाल पहाडहरूजस्तै [अर्थात्‌ “परमेश्‍वरका पहाडहरूजस्तै,” फुटनोट]” भन्‍नुको अर्थ के हुन सक्छ? (it-2-E पृ. ४४५)

  • यस हप्ताको बाइबल पढाइबाट तपाईँले कस्ता बहुमूल्य रत्न भेट्टाउनुभयो?

३. बाइबल पढाइ

कुराकानी गर्ने सीप तिखारौँ

४. कुराकानी थाल्नुहोस्‌

(३ मि.) घरघरको साक्षीकार्य। (lmd पाठ १ बुँदा ५)

५. फेरि भेट्‌नुहोस्‌

(४ मि.) अनौपचारिक साक्षीकार्य। पहिला अध्ययनको प्रस्ताव अस्वीकार गरेका व्यक्‍तिलाई बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस्‌। (lmd पाठ ९ बुँदा ४)

६. भाषण

(५ मि.) ijwbv लेख ४५—विषय: भजन ३७:४ को अर्थ के हो? (th बुँदा १३)

ख्रिष्टियन जीवन

गीत ३३

७. के तपाईँ “विपत्तिको” सामना गर्न तयार हुनुहुन्छ?

(१५ मि.) छलफल।

प्राकृतिक प्रकोपहरू र मानिसहरूले गर्दा हुने विपत्तिहरूको कारण संसारका विभिन्‍न ठाउँमा रहेका हाम्रा भाइबहिनीले भौतिक क्षति बेहोर्नुका साथै प्रियजनहरू गुमाएका छन्‌। (भज ९:९, १०) तर तीतो वास्तविकता के हो भने त्यस्ता ‘विपत्तिहरू’ जुनसुकै बेला हुन सक्छन्‌। त्यसैले ती सामना गर्न हामीले अहिल्यै तयारी गर्नुपर्छ।

विपत्ति आइपर्दा बच्नको लागि कस्ता सरसामानको बन्दोबस्त मिलाउने, कहाँ भाग्ने र कसलाई सम्पर्क गर्ने जस्ता कुराहरू पहिल्यै पक्का गर्नुको अलावा a हामीले अरू कस्तो तयारी पनि गर्नुपर्छ?

  • मनको तयारी गर्ने: विपत्ति जुनसुकै बेला जुनसुकै ठाउँमा पनि आउन सक्छ भन्‍ने कुरा स्विकार्नुहोस्‌। भौतिक सरसामानहरूप्रति सन्तुलित दृष्टिकोण राख्न सिक्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले विपत्ति आइपर्दा बुद्धिमानी र निर्णायक कदम चाल्न सक्नुहुनेछ। तपाईँले सरसामानहरू जोगाउन खोज्नुको साटो आफ्नो जीवन बचाउने र सुरक्षित रहने कुरालाई बढी महत्वपूर्ण ठान्‍नुहुनेछ। (उत्प १९:१६; भज ३६:९) साथै सरसामानहरू गुमाउँदा विचलित हुनुहुनेछैन र तपाईँलाई अचाक्ली भावनात्मक पीडा हुनेछैन।—भज ३७:१९

  • आध्यात्मिकता बलियो बनाउने: यहोवा तपाईँको ख्याल राख्न सक्नुहुन्छ र चाहनु पनि हुन्छ भन्‍ने कुरामाथिको भरोसालाई बलियो बनाउनुहोस्‌। (भज ३७:१८) साथै हामीले प्रकोप आउनुअघि नै आफूलाई यो कुरा सम्झाइरहनुपर्छ: प्रकोप आउँदा “लुटको मालसरह” सायद हाम्रो ज्यान मात्र जोगिएला तैपनि यहोवाले हामीलाई डोऱ्‍याउनुहुनेछ र थाम्नुहुनेछ।—यर्मि ४५:५; भज ३७:२३, २४

यहोवा आफ्ना प्रतिज्ञाहरू पूरा गर्नुहुन्छ भन्‍ने कुरामाथिको विश्‍वास बलियो छ भने ‘दुःखको समयमा उहाँ हाम्रो गढ हुनुहुनेछ।’—भज ३७:३९.

के तपाईँ विपद्‌को सामना गर्न तयार हुनुहुन्छ? भिडियो देखाउनुहोस्‌ त्यसपछि श्रोतालाई सोध्नुहोस्‌:

  • विपद्‌को बेला यहोवा हामीलाई कसरी मदत गर्नुहुन्छ?

  • विपद्‌ आउँदा तयार रहन हामी कस्ता व्यावहारिक कदमहरू चाल्न सक्छौँ?

  • विपद्‌को मारमा परेकाहरूलाई हामी कसरी मदत गर्न सक्छौँ?

८. मण्डली बाइबल अध्ययन

समापन टिप्पणी (३ मि.) | गीत ५७ र प्रार्थना