सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ख्रीष्टियन जीवन

JW लाइब्रेरी प्रयोग गर्ने तरिका

JW लाइब्रेरी प्रयोग गर्ने तरिका

अध्ययनको लागि:

  • बाइबल र दैनिक पद पढ्‌नुहोस्

  • वार्षिक पुस्तक, पत्रिका र अरू प्रकाशनहरू पढ्‌नुहोस्। बुकमार्क प्रयोग गर्नुहोस्

  • सभाहरूको तयारी गर्नुहोस् र जवाफहरूमा चिन्ह लगाउनुहोस्

  • भिडियो हेर्नुहोस्

सभाको लागि:

  • वक्ताले भनेका शास्त्रपद हेर्नुहोस्। पहिला खोलिसकेको शास्त्रपद पछि हेर्न हिस्ट्रि भन्ने विशेषता प्रयोग गर्नुहोस्

  • छापिएका प्रकाशनहरू सभामा ल्याउनुको साटो फोन वा ट्‌याब्लेटमा डाउनलोड गरेका प्रकाशनहरू प्रयोग गर्नुहोस्। गीतिपुस्तकमा नभएका गीतहरू JW लाइब्रेरी-मा पाइन्छ। त्यसैले मोबाइल र ट्‌याब्लेटबाटै गीत गाउनुहोस्

प्रचारकार्यको लागि:

  • चासो देखाउने व्यक्तिलाई JW लाइब्रेरी-बाट कुनै प्रकाशन देखाउनुहोस्। अनि तिनको आफ्नै मोबाइल वा ट्‌याब्लेटमा यो एप र प्रकाशनहरू डाउनलोड गर्न सिकाउनुहोस्

  • सर्च भन्ने विशेषता प्रयोग गरेर बाइबल पद भेट्टाउन सक्नुहुन्छ। त्यसको लागि सर्चमा गएर कुनै शब्द वा वाक्यांश टाइप गर्नुहोस्

  • भिडियो देखाउनुहोस्। घरधनीको छोराछोरी छ भने यहोवाको साथी बनौं भिडियोहरूमध्ये एउटा देखाउनुहोस्। अथवा बाइबल अध्ययनको लागि चासो जगाउन बाइबल किन पढ्‌नुपर्छ? भिडियो देखाउनुहोस्। घरधनी अर्कै भाषा बोल्छन्‌ भने तिनकै भाषामा भिडियो देखाउनुहोस्

  • विभिन्न भाषाको बाइबल डाउनलोड गर्न सक्नुहुन्छ। यसो गर्दा अर्कै भाषा बोल्ने मानिसलाई प्रचार गर्न सकिन्छ। बाइबलको विभिन्न अनुवाद हेर्न शास्त्रपदको सङ्‌ख्यामा थिच्नुहोस्। त्यसपछि बीचमा भएको बाइबल आइकन थिच्नुहोस्